
Gfs
Ses
cjs
Unsku
pku
Rgp1
Srbpu
Sgr
Lnp
Djs
Pes
Pbu
Rgp
Ggp

Tsm
Bbu
Wsp
Sbs
Rsb
Rgu
Gst
Sls
Rgu
Ssm
Rgs
Ksm
Hal
Bbbpu
Asm
Ggd
nsb
Vor
Pvg

Abd
bbt
Jmb
Rmb
Bml
Syp
Rpp
sab
Mks
Jmb
Pls
Ptm
Gsb
दाङ । देउखुरीको कोइलाबास नाकाबाट भरुवा बन्दुक सहित सुनार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ८ डाँडा गाउँका ३२ वर्षीय मानसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनु भयो ।
सुनारलाई हतियार सहित आइतबार राति अन्दाजी साढे १२ बजेको समयमा पक्राउ गरिएको हो । गाउँमा केही व्यक्तिहरु हातहतियार सहित शंकास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र ईलाका प्रहरी कार्यालय कोईलाबासबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको प्रवक्ता गौतमको जानकारी दिनु भयो ।
गोप्य सूचनाका आधार खटिएको प्रहरीले सोही गाउँका दिलकुमार पुन मगरको घर छेउमा रहेको खाली जग्गामा भरुवा बन्दुक एक थान फेला पारेको हो । सोही स्थानमा शंकास्पद रुपमा रहेका व्यक्तिहरुलाई सोधपुछ गर्दा सुनार पक्राउ परेका हुन् ।’ उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
