भानु जोशी/लमही आइतबार, चैत्र २६, २०७९

दाङ । देउखुरीको लमही-९ स्थित बगारबाबा गोरक्ष गौधाम संरक्षण सम्बर्द्धन समितिको तेस्रो वार्षिक साधारण सभा एक कार्यक्रमका बिच लौरी रिहारमा सनिवार सम्पन्न भएकोछ।

समितिका अध्यक्ष नन्दलाल कँवरको अध्यक्षता एवं लमही नगरपालिका वडा नं.९ का वडा अध्यक्ष भेष बहादुर केसी ( रमेश ) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले गौ रक्षाका निमित्त आ-आफ्नो धारणा राखेका थिए।

समितिका सचीव कोटीलाल कवरले संस्थाको वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष भिम कुमारी भण्डारीले वार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सचीव कोटीलाल कवर र कोषाध्यक्ष भिम कुमारी भण्डारीले प्रस्तुत गरेका प्रतिबेदन व्यापक छलफल गरि पारित भएकाछन । सभाले रमेश बहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकोछ। जसको उपाध्यक्षमा खिम बहादुर केसी,सचीवमा शिशिर कवर,कोषाध्यक्षमा उमा देवी कँवर,सह-सचीवमा बिमला वली रहेकाछन । त्यसैगरि सदस्यहरुमा गंगा गिरि,कुल नाथ योगी,आशा राम चौधरी,सरोज प्रसाद उपाध्याय,प्रेम नाथ कँवर र तुलसी राम चौधरी रहेकाछन। यस्तै उक्त समितिले पुजारीको रुपमा सागर नाथ महाराजलाई न्युक्ती गर्ने जनाएको छ ।

त्यस्तै सभाले आगामी दिनमा गाईहरुको आहार, स्वास्थ्य परिक्षण,औषधि उचार,गोठ्लोको तलव लगायतका विषय बस्तुहरुमा व्यापक निर्णय गरि सहयोगका लागि लमही नगरपालिकामा माग गर्ने निर्णय समेत गरेकोछ । यस्तै उक्त गौशाला परिसरमा चौपारी निर्माणका लागि बगारबाबा धार्मिक पर्यटन विकास क्षेत्रका अध्यक्ष रबिन्द्र खत्रीले दुई ट्याक्टर ढुंगा झारी दिने प्रतिबद्धता जनाएका छन् । उक्त कार्यक्रममा समाजसेवी शिवराज गिरीले गौशालाको पुर्वाधार निर्माणमा सबै समुदायले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]