
Lnp
Gfs
Ses
pku
Ggp
Djs
Rgp
Pes
cjs
Pbu
Sgr
Rgp1
Srbpu
Unsku

Ggd
nsb
Rgs
Vor
Ksm
Sls
Pvg
Gst
Wsp
Tsm
Rgu
Rgu
Hal
Bbbpu
Bbu
Sbs
Asm
Ssm
Rsb

Jmb
Mks
sab
Syp
Bml
Rpp
Jmb
bbt
Gsb
Abd
Ptm
Rmb
Pls
दाङ । देउखुरी राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ स्थित राप्ती नदीमा बगेर वेपत्ता भएका बालक मृत अवस्थामा भेटिएका छन् ।
सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठान जिल्लाकाे झिमरूक गाउँपालिका वडा नम्बर ८ टिमुरेचाैरका रामबहादुर सुनारका छाेरा अन्दाजी वर्ष १३ का बिबेक सुनार बिहीबार बेलुका ४ बजेको समयमा सशस्त्र व्यारेकको ठिक दक्षिण तर्फ राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।
शुक्रबार मध्यान्ह करिव १२ बजेको समयमा सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटरको टोलीले वेपत्ता भएकै ठाउँमा गाँडिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल बहादुर सिंहले जानकारी दिएका छन् । फेला परेका बालकलाई लमही अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।
