
pku
Rgp1
Pbu
Rgp
Lnp
Sgr
Ggp
Srbpu
Unsku

Asm
Wsp
Rgu
Rsb
Ssm
Sbs
Ggd
Gst
Hal
Ksm
Rgs
Rgu
Sls
nsb
Bbbpu
Pvg
Bbu
Vor
Tsm

Abd
Syp
Ptm
Rpp
Mks
Bml
bbt
Rmb
Jmb
sab
Jmb
Pls
Gsb
दाङ । देउखुरीमा कार र मोटरसाईकल ठोकिदा २ जना गम्भीर घाईते भएका छन ।
लमही नगरपालिका वडा नम्बर ९ बाँगेतालमा कार र मोटरसाईकल ठोकिएका हुन । पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको रा ५ प २३२९ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्ब आउँदै गरेको बाग्मती प्रदेश ०१ / ०२६६९३९१ नम्बरको कार एकआपसमा ठोकिदा मोटरसाईकलमा सवार २ जना घाईते भएका हुन ।
दुर्घटनामा परी मोटरसाईकल चालक लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बर्ष २१ का सुदन चौधरी गम्भीर घाईते भएका छन । उनको खुट्टामा गहिरो चोट लागेको छ । उनिसँगै सवार उनकि श्रीमती बर्ष २२ कि आरती चौधरीको टाउकोमा चोट देखिएको प्रहरीले बताएको छ ।
त्यस्तै दुबैजनालाई उपचारका लागि नेपालगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । कार र चालक सिराज अन्सारी प्रहरीको नियन्त्रणमा छन ।
