
Gsbg-3
Msbg-2
Pbu
Gsbr-6
Csbg-7
Rksr-7
Usbl-7
Jsbr-3
Jsbg-7
ksbl-7


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला राप्ती नदी घाटमा मापदण्ड विपरीत उत्खनन भएको पाइएको छ । राजपुर गाउँपालिकाले टेण्डर प्रक्रियाबाट उत्खनन कार्य गराएको भएपनि अहिले उक्त स्थानमा व्यापक मापदण्ड विपरीत उत्खनन भएको पाइएको हो ।
टेन्डरको मापदण्ड अनुसार ४ सय ५० मिटर लम्बाई,५० मिटर चौडाइ ८० सेन्टी मिटर गहिराईबाट २२ हजार ५ सय घण मिटर मात्र उत्खनन गर्नुपर्ने भएपनि अहिले उक्त स्थानबाट अन्दाजी २ सयदेखि २ सय ५० मिटर लम्बाई,७० देखि ८० मिटर चौडाई,साढे २ मिटरदेखि ३ मिटरसम्म गहिराई बनाएर ३ वटा जेसीविको प्रयोगबाट ७०,८० वटा ट्याक्टरले प्रत्येक दिन बालुवा डम्पिङ कार्य गर्ने गरेको र परिणाम हेर्दा २२ हजार ५ सय घणमिटर भन्दा दोब्बर उत्खनन भएको पाइएको छ ।
टेन्डरको मापदण्डमा ४ किल्ला तोकि बोर्ड राख्नुपर्ने र राजपुर गाउँपालिकाको टेन्डर भएको हुँदा राजपुरमै डम्पिङगरि राख्नु पर्नेमा सो कार्य नगरि लमही नगरपालिका क्षेत्र भित्रमा रहेका क्रसर उद्योगको छेउमा डम्पिङ गरेको पाइएको छ । यसैगरी मापदण्ड विपरीत उत्खनन गरिएको बालुवालाइ आधा डम्पिङ गर्ने र आधा क्रसरमा पठाउने गरेको व्यापक जनगुनासो आएपछि सोमबार राजपुर गाउँपालिका भित्रका राजनीति दलका नेता तथा कार्यकर्ताले उक्त स्थानमा अनुगमन गर्न पुगेका हुन् ।
त्यस्तै उक्त स्थानको अनुगमन पस्च्यात राजपुर गाउँपालिका सम्बद्ध राजनीति दलहरुको बैठकको सर्वदलीय निर्णय अनुसार चैत २१ गते मंगलबार भोलि राजपुर गाउँपालिकामा ज्ञापन पत्र बुझाउने र अवैध ढंगबाट भइरहेको उत्खनन नरोकिएमा चरणबद्ध संघर्षका कार्यक्रम गर्ने निर्माण भएको नेकपा एमाले राजपुर गाउँकमिटीका अध्यक्ष हेमकुमार जिसीले जानकारी दिनु भयो ।
यस्तै उक्त स्थानको अनुगमनपछि नेकपा एमाले राजपुर गाउँपालिका कमिटिका अध्यक्ष हेमकुमार जिसीको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका ईञ्चार्ज चक्रबहादुर खड्का (शिखर), राप्रपा क्षेत्र नम्बर १ का उपाध्यक्ष ऋषिराम घिमिरे, जनमत पार्टीका सचिव गयाप्रसाद यादव, राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष राजकुमार विश्वकर्मा, नेकपा एमालेका जिल्ला सल्लाहकार गोविन्द विक, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य रामफकिरे रैदास, माओवादी केन्द्र वडा नं. २ का ईञ्चार्ज दुर्गाप्रसाद शर्मा(गोपाल), नेकपा एमाले राजपुर गाउँपालिका कमिटीका सचिव अम्मरराज गिरी लगायतको उपस्थिती रहेको थियो ।
