दिनेश रैदाश शनिबार, चैत्र १८, २०७९

दाङ । राष्ट्रिय जनमोर्चा, दाङ देउखुरीको पाचौँ जिल्ला सम्मेलन आगामी २०८० साल जेठ १२ र १३ गते घोराहीमा हुने भएको छ । यही चैत १७ गते बसेको जिल्ला समितिको बैठकले सम्मेलनको मिति निर्धारण गरेको हो ।

सम्मेलनको मूल नारा ‘गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौँ ! महङ्गी, भ्रष्टाचार तथा सबै खाले बेथितिका विरुद्ध पाचौँ जिल्ला सम्मेलन सफल पारौँ’ तय गरिएको राजमो दाङले जनाएको छ । बैठकले जिल्ला सम्मेलन सफल पार्न विभिन्न उपसमितिहरु र्मिाण गरेको अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभएको छ ।

जिल्ला सम्मेलनको लागि जिल्ला अध्यक्ष गणेश आचार्य संयोजक रहने गरि १३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी जिल्ला सचिव वसन्त पौडेल संयोजक रहने गरि १५१ सदस्यीय प्रचार प्रसार उप समिति, कोषाध्यक्ष श्यामलाल पोख्रेल संयोजक रहने गरि ९ सदस्यीय आर्थिक उप समिति, उपाध्यक्ष महेश रिजालको संयोजकत्वमा ५ सदस्यीय अतिथि सत्कार उपसमिति, सदस्य खडानन्द खनालको संयोजकत्वमा ३ सदस्यीय आवास तथा मेस व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यसैगरी राजनीतिक तथा सांगगठानिक प्रतिवेदन तयार गर्न अध्यक्ष आचार्य, विशेष प्रस्ताव तयार गर्न सचिव वसन्त पौडेल र आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष पोख्रेललाई जिम्मेवारी दिइएको छ ।

जिल्ला सम्मेलनअघि आगामी वैशाख १० भित्र वडा तथा पालिका भेला/सम्मेलन गरिसक्ने निर्णय पनि बैठकले गरेको छ । घोराहीमा वैशाख १३ गते, लमही वैशाख १६ गते, गढवा वैशाख २२ गते, राप्ती र तुलसीपुर वैशाख २३ गते बङ्गलाचुली र राजपुर वैशाख २५ गते, बबई, दङ्गिसरण र सान्तिनगरमा भेलाको कार्यक्रम तय गरिएको छ । साथै आगामी चैत २४ गते लमहीमा जनआन्दोलन दिवस मनाउने राजमोले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]