
cjs
Rgp
Rgp1
Ses
Sgr
Pes
Gfs
Unsku
Lnp
Pbu
pku
Ggp
Djs
Srbpu

Rgu
Tsm
Ssm
Hal
Ksm
Wsp
Pvg
Bbbpu
Vor
Sls
Rsb
Rgu
Ggd
Gst
Rgs
Asm
Bbu
nsb
Sbs

Jmb
Rpp
Ptm
Pls
Gsb
Jmb
Mks
Syp
Bml
Rmb
Abd
bbt
sab
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम आईतबार विद्यालय परिसरमा सम्पन्न भएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर मरासिनीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवं राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमान्द सुवेदी ,उपाध्यक्ष कमलापति चाैधरी र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे। साे अवसरमा बाेल्दै अध्यक्ष विष्टले शिक्षक,विद्यार्थी र अभिभावकहरुकाे त्रिकोणात्मक सम्बन्ध सुमधुर भए मात्रा शिक्षामा अपेक्षित सुधार हाँसिल गर्न सकिने बताउनु भएको छ।
त्यसै उहाँले विद्यार्थीहरुलाई विद्यालयमा किताबी ज्ञान सँगसँगै सिर्जनशील ,व्यावहारिक र संस्कारी कुराहरु सिकाउनु पर्ने कुरामा जाेड दिनु भयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष विष्टले स्थानीय सरकार निशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउदै यसको कार्यनयन गर्न सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै विशिष्ट अतिथि पालिकाका निवर्तमान अध्यक्ष नुमान्द सुवेदीले निशुल्क र गुणस्तरीय शिक्षा सँगसँगै विद्यालयकाे भाैतिक संरचनाहरु निर्माणमा पनि राज्यको ध्यान पुग्नु पर्ने बताउनुभयो । कार्यक्रममा अर्की विशिष्ट अतिथि पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले अभिभावकहरु आफ्ना छाेराछाेरीले अध्यन गर्ने विद्यालयहरुमा नियमित रुपमा गई रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भालुवाङ १ निवासी ठाकुर प्रसाद आचार्यले आफ्नी छाेरी उषा आचार्यकाे सम्झनामा स्थापना गरेको उषा आचार्य स्मृति अक्षयकाेषबाट विद्यालयकाे कक्षा ११ मा अध्यनरत छात्रा विन्दु कुमाल लाई नगद तीन हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियोे ।
त्यस्तै यस वर्षको उत्कृष्ट शिक्षक शिक्षिकाहरुकाे रुपमा माधव सिंह र मीना कुमारी खड्कालाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियोे।कार्यक्रममा अक्षयकोष दाता भाेज बहादुर खड्का ,उत्कृष्ट अभिभावक सन्ताेसी पुन मगर ,शैक्षिकसत्र २०७८ मा शिशु देखि १२ कक्षा सम्म अध्यनरत प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीहरु,अनुशासित विद्यार्थीहरु ,विभिन्न कार्यक्रममा विजेता हुने खेलाडीहरु ,प्रशिक्षकहरु लाई पुरस्कृत तथा सम्मान गरिएकाे थियो ।
कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास बिक,वडा नम्बर १का वडा अध्यक्ष गेम बहादुर खड्का, निवर्तमान वडा अध्यक्ष तारा बहादुर डिसी,राप्ती गाउँपलिकाका शिक्षा समितिका सदस्य भरतमणी न्याैपाने,चन्दादाता ठाकुर प्रसाद आचार्य ,शिक्षाप्रेमी बावुराम थापा ,विद्यार्थी शुष्मा भण्डारी लगायतका वक्ताहरूले शुभकामना मनत्व्य व्यक्त गर्नु भएको थियोे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लाेकेन्द्र केसीले विद्यालयकाे वार्षिक शैक्षिक प्रगति प्रतिवेदन र शिक्षक अभिभावक संघका संयोजक नारायण शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । विद्यालयकी शिक्षिका सरीता घिमिरेको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक छविलाल कडेलले गर्नु भएको थियोे ।

