Sidha Patra आइतबार, चैत्र १२, २०७९

दाङ । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले पछिल्लो समय लागूऔषध दुर्व्यसनीको अवस्था बिकराल रहेको बताउनु भएको छ ।

लागुपदार्थ सेवनकर्ताले समाजमा समस्या बढाएको उहाँको भनाइ छ । पछिल्लो समय लागूऔषधको जोखिम बढेको भन्दै यसको न्यूनीकरण गर्नका लागि सबैको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिरबहादुर ओलीले स्थानीय तहले वडा-वडा पुगेर सचेतनाका कार्यक्रम गर्नुपर्ने बताउनुभयो । प्रहरी एक्लैले कुनै पनि काम गर्न गाह्रो हुने भन्दै सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

त्यसअवसरमा घोराही कारागारका प्रमुख लक्ष्मण सिङ राठौरले लागूऔषधले समाजमा अपराधसंगै चोरीका घटना बढेको बताउनु भएको छ । तीन बर्ष अघिको तथ्यांक हेर्दा नेपालभर १ लाख ३० हजार ४ सय २४ बढी मानिस लागूऔषधको कुलतमा फसेको बताउनुभयो । अहिले घोराही कारागारमा मात्रै ९० जना कैदी बन्दी लागूऔषध मुद्दाको रहेको बताउनुभयो ।

राप्ती ईन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भिमसेन गिरी, राष्ट्रिय अनुसन्धान बिभागका प्रतिनिधि लगायतले समाजमा हुने कुनै पनि विकृतिलाई न्यूनीकरण गर्न अभिभावक, विद्यालय सचेत हुनुपर्ने बताएका छन् । विशेष गरि विद्यार्थी युवाहरू कुलतमा फसेको भन्दै यिनिहरुको निगरानीमा सबैले चाँसो दिनुपर्ने बताएका छन् । यस्तै मनोपरामर्शदाता शैलेष शर्माले नेपालको सन्दर्भमा लागूऔषध सेवन गर्नेमा १२ बर्षदेखि २० बर्षको उमेर समुहका रहेको बताउनुभयो ।

सुरुवाती दिनमा लागूऔषध कस्तो हुन्छ भनि चाख्ने बानीले बिस्तारै दुर्व्यसनी फसेको बताउनुभयो । उहाँका अनुसार नेपालमा सबैभन्दा धेरै लागूऔषधको रुपमा गाँजा प्रयोग हुने गरेको छ । त्यसपछि ट्याब्लेट,अफिमबाट बनेका ब्राउनसुगर, हिरोइन, सुघ्ने औषधि, कडा खालका औषधि रहेका छन् । अहिले दाङमा १७ वटा भन्दा धेरै सुधारकेन्द्र रहेको भन्दै धेरै जो कोहि पनि मानिस्ले साथीको दबाबमा कुलतको बाटो रोजेको बताउनुभयो ।

कार्यक्रममा नयाँ पाईला पुर्नस्थापना केन्द्रका सल्लाहकार सुष्मा गिरीले लागू पदार्थ सेवनले सामाजिक, मानसिक, मनोबैज्ञानिक, आर्थिक रुपमा नकारात्मक असर पार्ने बताउनुभयो । लागूऔषध दुर्व्यसनीले समाजमा महिला हिंसा फैलाएको उहाँको भनाइ छ । सम्बन्ध बिच्छेदका घटना बढेको बताउनुभयो । लागूपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्नका लागि घर परिवार, समाज र सिंङ्गो राज्य लाग्नुपर्ने बताउनुभयो । नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले प्रशिक्षण दिदै कुनै पनि खाएर लाग्ने पदार्थ लागू पदार्थ भएको बताउनुभयो । उहाँले लागूऔषध नियन्त्रणका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो । जुनसुकै लागूपदार्थले मानिसमा असर गर्ने मात्र नभएर समाजमै विकृति फैलिएको बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष ताराबहादुर डागीले यस्ता कार्यक्रमले समाजमा हुने गतल काममा खबरदारी गर्ने बताउनुभयो । आगामी दिनमा वडाले टोलटोलमा सचेतना मुलक कार्यक्रम गर्ने र एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । लागू पदार्थ दुर्व्यसन सम्बन्धि अभिभावक प्रशिक्षण कार्यक्रममा सहभागीहरुले गाउँ समाजमा सबैभन्दा समस्याको बिषय लागूऔषध दुर्व्यसनी रहेको बताएका छन् ।

त्यस्तै समाज कल्याण दाङको आयोजना तथा नयाँ पाईला पुर्नस्थापना केन्द्रको सहयोग एंव राप्ती ईन्जिनियरिङ कलेज घोराहीको व्यवस्थापनमा कार्यक्रम भएको हो । समाज कल्याण केन्द्र दाङका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुशील बैद्यको प्रमुख आतिथ्यता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरुलाई सामाज कल्याण केन्द्र दाङकि सदस्य बिन्दु दाहालले धन्यवाद दिनु भएको थियो । समाज कल्यानका दाङका उपाध्यक्ष निरजा पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव जानका केसीले गर्नु भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]