सन्तोष पुन मगर/राप्ती गाउँपालिका आइतबार, चैत्र १२, २०७९

दाङ । मुक्त कमैया समाजको प्रथम सम्मेलन लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लालमटियामा शनिबार सम्पन्न भएको छ ।

“सम्पूर्ण मुक्त कमैया एकजुट हौ,न्यायिक पुनर्स्थापनाका लागि अघि बढौ” भने मूल नाराका साथ राप्ती गाउँपालिकाको मूलगेट मसुरियाबाट सुरु भएको र्‍यालि लालमटिया टुँडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो ।

त्यस्तै सम्पूर्ण मुक्त कमैया एकजुट हौ अधिकारको लागि अघि बढौ,कमैया बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क शिक्षाको ग्यारेन्टी गर आदि नाराका लुम्बीनी प्रदेश प्रथम सम्मेलन भव्य रूपमा सफल पारौं लगायतका नारा गुन्जिएको थियो ।

मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरीको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सांसद राजकुमार थारु,सांसद सीता चौधरी त्यसैगरी राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी,राप्ती गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पहलमान चौधरी,वडा सदस्य साथै मुक्त कमैया समाजका केन्द्रीय सदस्य टेक बहादुर रावत,अस्थायी प्रहरी बिट मसुरियाका प्र.ना.नी निम बहादुर खत्री लगायतको उपस्थिति रहेकोे थियो ।

त्यस्तै कार्यक्रममा ब्याज वितरण राज कुमारी चौधरीले गर्नु भएको थियो भने फूलमाला र स्वागत सर्मिला चौधरीले गर्नु भएको थियो । मुक्त कमैया समाजका केन्द्रीय सदस्य सुन्तली चौधरी र राष्ट्रिय भूमि सदस्य बर्दियाका जागेश्वर चौधरीले आफ्नो मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन मुक्त कमैया समाजका कोषाध्यक्ष हरी चन्द्र चौधरीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]