
Ksm
Rbs
Gisld
Anm
Sds
Mbdvs
mbd
Pbu
Gmk

Rgu
Ksm
Ssm
Asm
Bbu
nsb
Tsm
Sls
Rgu
Ggd
Vor
Hal
Rgs
Sbs
Gst
Wsp
Bbbpu
Pvg
Rsb

Rmb
Bml
Syp
Ptm
Rpp
Jmb
Pls
bbt
Jmb
Abd
Gsb
sab
Mks
काठमाडौं । मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजिपी) मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
कुँवरलाई आईजिपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) मा नियुक्त गरेको हो ।
कुवँरलाई आईजिपी नियुक्त गर्ने निर्णय गरिएको पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिए । मन्त्री किरातीले भने- ‘कसैलाई भेदवाभ नगरी कुवँरलाई आईजिपी नियुक्त गरिएको हो । एआईजी बढुवामा उहाँ एक नम्बरमा हुनुहुन्थ्यो । कसैप्रति अन्याय भएको छैन ।’
कुँवरसँगै श्यामलाल ज्ञवाली पनि आईजिपी बन्ने चर्चामा थिए । मन्त्रिपरिषदले प्रहरीको ३०औं आईजिपीको रुपमा कुँवरको बढुवा गरेको हो । उनले आफ्ना प्रतिस्पर्धी चार एआईजीलाई पछि पारेका छन् । दुई साताअघि गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले कुँवरसहित ५ जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
बुधबार मात्र मन्त्रिपरिषदले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको थियो । एआईजीमा बढुवा भएको दुई दिनमै कुँवर आईजिपी बनेका हुन् । कुँवरको कार्यकाल हालको ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार २०८१ चैतसम्म हुनेछ । उनी २०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । डीआईजी रहँदा मधेस प्रदेश प्रमुख रहेका कुँवरले प्रहरी प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए ।
त्यस्तै, एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर कुँवरले सफल कार्यकाल पूरा गरेका थिए । आईजिपीको दाबेदारका अन्य एआईजीमा टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए । कुँवर डीआईजी र एआईजीमा पहिलो वरियतामा बढुवा भएका थिए ।
अवकाश पाएका सिंहलाई गएको १८ वैशाखमा बढुवा गरिएको थियो । उनीसँगै एकै ब्याचका तीन एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले पनि अवकाश पाएका छन् ।
