
Sgr
Pes
Ggp
pku
Gfs
Lnp
Rgp
cjs
Ses
Rgp1
Srbpu
Unsku
Djs
Pbu

Ksm
Asm
Ssm
nsb
Sls
Ggd
Rgu
Bbu
Vor
Rgu
Bbbpu
Gst
Rgs
Pvg
Sbs
Wsp
Hal
Tsm
Rsb

Abd
Gsb
sab
Syp
Pls
Jmb
Mks
bbt
Bml
Ptm
Jmb
Rmb
Rpp
कपिलवस्तु । बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि संग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता, कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा रूपन्देहीको सहयोगमा अभिमुखिकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकिमा संचालन भएको थियो ।
कार्यक्रममा कार्यक्रमको उद्देश्य तथ बाल संरक्षण प्रवर्द्धन र हिंसा नियन्त्रणमा जनप्रतिनिधिको भूमिका के के हुन सक्छ भन्ने बिषयमा युनिसेफका प्रकाश कैनिले प्रकाश पारेका थिए ।
कार्यक्रममा बालबालिकाको परिभाषा सहित बाल अधिकार,बाल संरक्षण,लैङ्गिक हिँसा र यसको प्रभाव, मनोसामाजिक समस्या र यसको निराकरणका बारेमा जनप्रतिनिधिहरु बिच छलफल गरियको थियो ।
बाल संरक्षण कसरी गर्ने,समाजमा घट्नसक्ने लैंगिक हिंसाका तथा मनोसामाजिक समस्याका घटनाको पहिचान कसरी गर्ने,हिंसा निवारणका कानुनी मान्यता लगायत बिषयमा सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रकाश घिमिरेले सहजीकरण गरेका थिए । बाल संरक्षण,लैङ्गिक हिँसा र मनोसामाजिक सेवा प्रबाह गर्न वडाको भुमिकाको बारेमा छलफल गर्दै, पालिकाको निति तथा कार्यक्रम तर्जुमाको बेला वडा स्तर बाटनै बालबालिका तथा महिलाको हक अधिकार प्रवर्द्धन गर्ने किसिमका कार्यक्रमहरु आगमि आर्थिक बर्षहरुमा तय गर्नेमा सहभागि जन प्रतिनिधि हरुले प्रतिबद्धता जाहेर गरे ।
त्यस्तै कार्यक्रममा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि,समाजसेवी,नगर कार्यपालिका सदस्य, पत्रकार लगायतको उपस्थित रहेको थियो । कार्यक्रम संचालन कृष्णनगर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो ।
