
Sgr
Rgp1
Lnp
Ggp
cjs
Unsku
Ses
Djs
Rgp
Srbpu
Gfs
pku
Pes
Pbu

Tsm
Ksm
Ssm
Rgu
nsb
Wsp
Vor
Asm
Sls
Bbu
Bbbpu
Gst
Pvg
Sbs
Rsb
Ggd
Rgu
Hal
Rgs

bbt
Ptm
Gsb
Abd
Rmb
Rpp
Syp
sab
Mks
Jmb
Bml
Jmb
Pls
दाङ । देउखुरीको गढवा गाउँपालिकाबाट लागु औषध सहित मंगलबार राति ५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर २ महदेवा निवासी वर्ष २५ का मनोज चौधरी,वडा नम्बर ४ अजगढवा निवासी वर्ष ३५ का सद्दाम मनिहार सोही वडाको उठैया निवासी अनिल पछाई, वडा नम्बर ४ पर्सा निवासी वर्ष २७ का प्रदीप चौधरी र घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निवासी वर्ष १९ का त्रीशक्ति बर्तौलालाई प्रहरीले पक्राउ गरेको हो ।
गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा स्थित एक खालि घरमा राति साढे एघार बजेको समयमा ति व्यक्तिहरु लागु औषध सहित बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीको नेतृत्वमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनीहरुको साथबाट लागु औषध जस्तो देखिने खैरो पदार्थ अन्दाजी ९ दशमलब २८ मिलि ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनु भयो ।
त्यस्तै पक्राउ परेका पाँचै जना विरुद्ध आज मुद्दा दर्ता भई आवश्यक अनुशन्धानका लागि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
