Sidha Patra बुधबार, चैत्र ०८, २०७९

दाङ । देउखुरीको गढवा गाउँपालिकाबाट लागु औषध सहित मंगलबार राति ५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर २ महदेवा निवासी वर्ष २५ का मनोज चौधरी,वडा नम्बर ४ अजगढवा निवासी वर्ष ३५ का सद्दाम मनिहार सोही वडाको उठैया निवासी अनिल पछाई, वडा नम्बर ४ पर्सा निवासी वर्ष २७ का प्रदीप चौधरी र घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निवासी वर्ष १९ का त्रीशक्ति बर्तौलालाई प्रहरीले पक्राउ गरेको हो ।

गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा स्थित एक खालि घरमा राति साढे एघार बजेको समयमा ति व्यक्तिहरु लागु औषध सहित बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीको नेतृत्वमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनीहरुको साथबाट लागु औषध जस्तो देखिने खैरो पदार्थ अन्दाजी ९ दशमलब २८ मिलि ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनु भयो ।

त्यस्तै पक्राउ परेका पाँचै जना विरुद्ध आज मुद्दा दर्ता भई आवश्यक अनुशन्धानका लागि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]