
Srbpu
Unsku
sbs
Lnp
Gfs
Ggp
Rgp1
Pes
pku
Pbu
Djs
cjs
Rgp
Sgr

Vor
Ggd
Bbbpu
Rgu
Gst
Bbu
Ksm
Pvg
Rgu
Tsm
Hal
nsb
Ssm
Rgs
Wsp
Asm
Sbs
Sls
Rsb

sab
Rmb
Rpp
Abd
Jmb
Pls
Mks
Bml
Ptm
bbt
Gsb
Jmb
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ७ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं,तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनियाँ दाङको प्राविधिक सहयोग र राप्ती गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो ।
राप्ती गाउँपालिका भित्रका विभिन्न स्थानमा आर्थिक अभावका कारण आँखा उपचारबाट बन्चित भएका नागरिकहरुका लागि नि:शुल्क आँखा उपचार गर्ने उद्येश्यले साे शिविर संचालन गर्न लगिएकाे गाउँ पालिकाका अध्यक्ष विष्टले बताउनु भयो ।
त्यस्तै उहाँले गाउँघरमा धेरैजसो न्यून आयस्तर भएका नागरिक,गरिब,विपन्नको बसोबास हुने र उनीहरूकाे स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य हुने भएकाले यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँका अनुसार पालिकाकाे सात स्थानमा आँखाको जाँच गरिने र सामान्य उपचार गरिने छ।
चैतको १० गते सुरु गरिने शिविरको पहिलो दिन पत्थरगडवा सामुदायिक स्वास्थ इकाईमा, दोस्राे दिन माैरीघाट सामुदायिक स्वास्थ्य इकाईमा,तेस्रो दिन भालुबाङ अस्पतालमा ,चौथो दिन देविकाेट सामुदायिक स्वास्थ इकाईमा, पाँचौ दिन करङ्गेकाेट हेल्थहटमा,छैठौं दिन लालमटिया महिला भवनमा र साताैं दिन सिसहनिया स्वास्थ चौकीमा बिरामीहरुको आँखाको परिक्षण र सामान्य उपचार गरिने गाउँपालिकाले जनाएको छ ।
पालिकाले दिएको जानकारी अनुसार उक्त सात स्थानमा छनौट भएका मोतिबिन्दुका विरामिहरुको तिलगंगा सर्जिकल आँखा उपचार केन्द्र सिसहनियामा २०७९ चैत २० र २१ गते तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौंबाट आउनु हुने बरिष्ठ नेत्र राेग विशेषज्ञ टोलिद्वारा नि:शुल्क सल्यक्रिया गरिनेछ । नि:शुल्क आँखा उपचार शिविरमा सहभागी भई लाभ लिन गाउँपालिकाले सम्पूर्ण सर्वसाधारणहरुलाई आग्रह समेत गरेको छ ।
