
Ksb
Nsb
Ksb
Ksb
jsb
Rsb
Bsn
Csb
Usb
Ppu
Ssb
Tgp
Gsb
Ssb
Rks

Tsb
Ssb
Usb
Gsb
Hl1

ptl
Nps
Rgu
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ७ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं,तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनियाँ दाङको प्राविधिक सहयोग र राप्ती गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो ।
राप्ती गाउँपालिका भित्रका विभिन्न स्थानमा आर्थिक अभावका कारण आँखा उपचारबाट बन्चित भएका नागरिकहरुका लागि नि:शुल्क आँखा उपचार गर्ने उद्येश्यले साे शिविर संचालन गर्न लगिएकाे गाउँ पालिकाका अध्यक्ष विष्टले बताउनु भयो ।
त्यस्तै उहाँले गाउँघरमा धेरैजसो न्यून आयस्तर भएका नागरिक,गरिब,विपन्नको बसोबास हुने र उनीहरूकाे स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य हुने भएकाले यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँका अनुसार पालिकाकाे सात स्थानमा आँखाको जाँच गरिने र सामान्य उपचार गरिने छ।
चैतको १० गते सुरु गरिने शिविरको पहिलो दिन पत्थरगडवा सामुदायिक स्वास्थ इकाईमा, दोस्राे दिन माैरीघाट सामुदायिक स्वास्थ्य इकाईमा,तेस्रो दिन भालुबाङ अस्पतालमा ,चौथो दिन देविकाेट सामुदायिक स्वास्थ इकाईमा, पाँचौ दिन करङ्गेकाेट हेल्थहटमा,छैठौं दिन लालमटिया महिला भवनमा र साताैं दिन सिसहनिया स्वास्थ चौकीमा बिरामीहरुको आँखाको परिक्षण र सामान्य उपचार गरिने गाउँपालिकाले जनाएको छ ।
पालिकाले दिएको जानकारी अनुसार उक्त सात स्थानमा छनौट भएका मोतिबिन्दुका विरामिहरुको तिलगंगा सर्जिकल आँखा उपचार केन्द्र सिसहनियामा २०७९ चैत २० र २१ गते तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौंबाट आउनु हुने बरिष्ठ नेत्र राेग विशेषज्ञ टोलिद्वारा नि:शुल्क सल्यक्रिया गरिनेछ । नि:शुल्क आँखा उपचार शिविरमा सहभागी भई लाभ लिन गाउँपालिकाले सम्पूर्ण सर्वसाधारणहरुलाई आग्रह समेत गरेको छ ।
