
Djs
Gfs
Ses
cjs
Ggp
Pes
pku
Rgp1
Rgp
Sgr
Lnp
Unsku
Srbpu
Pbu

Rgs
Asm
Rsb
Hal
Bbbpu
Vor
Wsp
Tsm
nsb
Ksm
Rgu
Sbs
Ssm
Sls
Gst
Ggd
Bbu
Rgu
Pvg

Pls
Jmb
bbt
Syp
Mks
sab
Rmb
Gsb
Jmb
Ptm
Rpp
Abd
Bml
दाङ । राप्तीको भालुबाङमा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
जाल्पा सामुदायीक लघुवित्तिय आधार,सशक्तिकरण र स्वरोजगारीको पूर्वाधार भन्ने नाराका साथ जाल्पा सामुदायीक लघुवित्त संस्था लिमिटेडले राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ स्थित राप्ती उद्योग वाणिज्य संघको सभा हलमा करिब ६०/६५ जना सदस्यहरुको सहभागीको बीच कार्यक्रम सम्पन्न गरेको छ ।
लघुवित्त संस्थाको चारै तर्फ चर्को बिरोधको बीचमा जाल्पा सामुदायीक लघुवित्तियले यस प्रकारको साक्षरता कार्यक्रमद्वारा आफ्ना लघुवित्तका सम्पूर्ण सदस्यहरूको मनमा लागेको जिज्ञासा र प्रश्नको जवाफ दिएको हो ।
उक्त संस्थाको योजना कार्यविधि,सेवा सुविधाहरू , ऋण साथै ब्याजको अबधारणा बारेमा स्पष्ट पारेको छ साथै आगामी दिनमा संस्था र संस्थाको कामलाई कसरी अगाडि बढाउने छ भन्ने बारे जानकारी गराइएको थियो । कार्यक्रमको केही जिज्ञासा तथा सुझाव संकलन र सहजीकरण अनुगमन प्रमुख खगा भण्डारी र लमहीका शाखा प्रबंधक पुष्पा पुलामीले गर्नु भएको थियो।
उक्त कार्यक्रममा सभा अध्यक्षमा संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगी हुनु हुन्थ्यो भने वहाँले राष्ट्रिय गान बजाएर कार्यक्रमको औपचारिक रूपमा सुरु गर्नु भएको थियो । त्यसैगरी स्वागत मन्तव्य संस्थाका आन्तरिक लेखा सुपरिवेक्षण विभाग प्रमुख कल्पना कार्कीले गर्नु भएको थियो।
उक्त कार्यक्रमको विशिष्ट अथितीहरुमा राप्ती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गेमे बहादुर खड्का,ई.प्र.का भालुबाङ का प्र.ना.नी उत्तम कुमार ओली,राप्ती उद्योग वाणिज्य संघ भालुबाङका अध्यक्ष सुरज खड्का,राप्ती गाउँपालिका वडा नम्बर ३ का सदस्य इस्वरी परियार,सितगंगा नगरपालिका वडा नम्बर ८ की सदस्य जमानसरी सुनार,संस्थाका अनुगमन कार्यालय घोराहीका अनुगमन प्रमुख खगा भण्डारी,देउखुरी टुडेका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता,शाखा कार्यालय लमहीका शाखा प्रबन्धक पुष्पा पुलामी,उद्यम विकास अधिकृत हिमाल गोराथोकी,सिधापत्र डटकमका संवाददाता प्रमुख सन्तोष पुन मगर लगायतको सहभागी रहेको थियो भने कार्यक्रमको सञ्चालन ब्रान्च म्यानेजर पार्वती गिरीले गर्नु भयको थियो ।
