
Ggp
Asb
Lks
lnp
Rgp
Lnp
Rgp
Sgp
Ggp
Dus
Rgp
Usb
Rgp
Jns
ksb

lms

दाङ । दाङमा पाँच किलो लागुऔषध अफिम सहित दुईजना पक्राउ परेका छन् ।
लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले गएराती तुलसीपुरबाट रोल्पाका कर्मबहादुर बुढा र राजकुमारी बुढालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गुम्रहा चोक नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनु भयो । उनीहरु दुवैजना तुलसीपुर ६ मा डेरागरी बस्दै आएका थिए । पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
