
Gfs
Ses
Rgp
Rgp1
Unsku
Srbpu
Pes
Djs
Lnp
Ggp
pku
cjs
Pbu
Sgr

Sbs
Sls
Rgu
Hal
Asm
Ksm
Wsp
Gst
Pvg
Ssm
Tsm
Ggd
Bbbpu
Rsb
Bbu
Rgu
Rgs
Vor
nsb

Bml
Ptm
Abd
Jmb
Rmb
Mks
Rpp
Syp
Gsb
sab
Jmb
bbt
Pls
अर्घाखाँची । जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर १२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर पहिरोले बगाएको छ । यद्धपी पहिरोले घर बगाएपनि कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनु भएको छ ।
‘पहिरो जाँदाजाँदै हो-हल्ला गरेर सबै दौडिएर जोगिन सफल भएका छन् ।’उहाँले भन्नू भयो, ‘पहिरो जाँदा भागेर तितरवितर भएका कारण सबै सम्पर्कमा थिएनन्, हामीले खोजी गर्दा सबै सुरक्षित रहेछन् । १७ घर-गोठ क्षति भएर नष्ट भएका छन् । केही घर पुरिएका र केही ढलेका छन् । गोठमा पालिएका सबै चौपाया मरेको उपरीक्षक बुढाथोकीले बताउनु भयो । गाई,भैंसी,बाख्रा, खसी-बोका, कुखुरा लगायत घरपालुवा जनावर मरेका छन् । पहिरो आसपास क्षेत्रमा बस्ने १८ घर अति उच्च जोखिममा रहेकाले सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ । पानी परिरहेकाले पहिरो बग्ने क्रम भने रोकिएको छैन ।
पहिरो स्थलमा सुरक्षाकर्मी,जनप्रतिनिधि, दलका नेता र स्थानीय गएका छन् । पहिरोबाट विस्थापित भएका घरपरिवारलाई खाने-बस्ने व्यवस्था नगरपालिकाले मिलाउने नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताउनु भएको छ । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण पहिरो गएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।
