
Lnp
Srbpu
Sgr
Ses
Rgp1
Pbu
Djs
Unsku
Pes
Gfs
pku
cjs
Rgp
Ggp

Bbu
Bbbpu
Rsb
Ggd
Asm
Gst
Wsp
Ksm
Vor
Hal
nsb
Pvg
Rgu
Tsm
Rgs
Sls
Rgu
Ssm
Sbs

bbt
Gsb
Syp
Ptm
Rpp
Mks
Jmb
Rmb
Bml
Jmb
Abd
sab
Pls
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले रोल्पा जिल्लामा रहेको मदरसाको अनुगमन गरेका छन् ।
लुम्बिनी प्रदेशमा रहेको रोल्पा जिल्लाको स्मृति गाउँपालिका वडा नं ४ मा रहेको मदरसा मोहम्मदियाको अनुगमन गरेका छन् । मदरसा मोहम्मदियका शिक्षक हफीज मोहम्मद, आयूब तथा मदरसा मोहम्मदियका अध्यक्ष सलमान अहमद रंगरेज लगायत अब्दुल हन्नान रंगरेज, जाबेद खान लगायत संग भेटघाट गरि मदरसाको अवस्था बारे जानकारी लिएका थिए ।
सोही गाउँपालिकाको वडा नं ३ मा रहेको मदरसा जामिया अहिले सुन्नतमा अनुगमनका क्रममा मदरसामा पढाउने शिक्षक हजरत हाफिज कारी, मोहम्मद नसरूद्दीन अहमद सो मदरसाका अध्यक्ष जलालुद्दीन वसीम लगायत अभिरदीन, सरफुद्दीन बिलाल,समिम कलाउद्दीन संग मदरसाको अवस्था बारे जानकारी लिएको जनाइएको छ । मदरसाका अनुगमनका क्रममा दुई वटै मदरसाहरू सरकारी तवरले दर्ता नरहेको ठहर उपाध्यक्ष मौलाना मशहूद सहितको टोलीले जानकारी पाएको थियो ।
मशहूद सहितको टोलीले दुई वटा मदरसा हरू दर्ता नरहेको पाए पछि स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी,उपाध्यक्ष मीना थापा,प्रमुख प्रशासकीय अधिकृत दिनेश अधिकारी,शिक्षा अधिकृत यादव केसी लगायत संग वृहत क्षलफल गरि सो मदरसा लाई तत्काल प्रक्रिया पुर्याई दर्ता गर्नु पर्ने आवश्यकता रहेको र मरसा दर्ता न हुदाँ राज्यबाट मदरसाले पाउने सेवा सुबिधा बाट समेत बंचित रहेको अवस्था हुन्छ तसर्थ तत्काल दर्ता गर्न आग्रह गरेको उपाध्यक्ष मशहूद खांले जानकारी दिए ।
रोल्पाको मदरसा अनुगममा उपाध्यक्ष खां संगै मोहम्मद स्सहाक,अलताब अहमद खां,जाहिद हुसेन,अब्दुल समद खां नेपाली लगायतका व्यक्ति हरू रहेको जानकारी उपाध्यक्षले दिए । मदरसा दर्ता गराउन माग सहित लगभग सत्ररी जनाले गाउँपालिका उपाध्यक्ष मशहूद सहितको अगुवाईमा गांउपालिकामा डेलिगेशन लिएर गएको जानकारी गराइएको छ ।
