
pku
Gfs
Lnp
Rgp
cjs
Pes
Djs
Pbu
Srbpu
Ggp
Sgr
Rgp1
Ses
Unsku

Rgu
nsb
Wsp
Ssm
Ggd
Gst
Hal
Rgs
Pvg
Ksm
Rgu
Sbs
Rsb
Sls
Vor
Bbu
Tsm
Asm
Bbbpu

bbt
Bml
Mks
Syp
Pls
Rmb
Abd
Ptm
sab
Rpp
Jmb
Jmb
Gsb
दाङ । राप्ती गाउँपालिका वडा नम्वर नाै र बंगलाचुली गाउँपालिकाकाे वडा नम्बर आठ जोड्ने गरि निर्माण गरीएको झाेलुङ्गे पुलको साेमबार उद्घाटन गरिएको छ ।
लामखाेला काउछे जाेड्ने झाेलुङ्गे पुलको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हो । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खुम बहादुर गाहा मगरको अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे विशिष्ट आतिथ्यतामा पुलको उद्घाटन गरीएको हो ।
साे अवसरमा बाेल्दै अध्यक्ष बिष्टले पुल बनेपछि यस क्षेत्रका जनताहरुकाे दैनिकी सहज हुने विश्वास व्यक्त गर्दै आगामी दिनहरुमा गाउँपालिकाले विकट बस्तीहरुका जनताहरुलाई लक्ष्यित गरि कार्यक्रम तथा याेजनाहरू अगाडि बढाउने बताउनु भयो ।
राप्ती गाउँपालिकाको ३ लाख ८६ हजार २ सय १रुपैयाँ ७९पैसा र संघीय सरकारकाे झाेलुङ्गे पुल क्षेत्रगत कार्यक्रमकाे २५ लाख २५ हजार १ सय ६६ रुपैयाँ र स्थानीय उपभोक्ताहरुकाे ५९ हजार ४ सय १५ रुपैयाँ ६६ पैसा जनश्रमदान गरी जम्मा २९ लाख ७० हजार ७ सय ८३ को लागतमा पुलको निर्माण कार्य सम्पन्न गरिएको गाउँपालिकाका पुर्वाधार बिकास शाखाका प्रमुख ईन्जिनियर अशाेक बेल्वासेले जानकारी दिनु भयो ।
त्यस्तै सो पुलबाट राप्ती गाउँपालिका वडा नम्वर ९ र बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का करिब १ सय ७५ घरधुरीका ९ सय २३ जनसंख्या लाभान्वित हुने भएका छन् । पुल बनेसँगै वर्षातकाे समयमा जाेखिम माेलेर खाेला तर्ने साे क्षेत्रका नागरिकहरुकाे बर्षैदेखिको बाध्यताकाे अन्त्य भएकाे छ।
कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी,९ का अध्यक्ष रिम बहादुर सुनारी मगर,ईन्जिनियर अशोक बेल्वासे,पशुसेवा शाखाका अधिकृत दामाेदर आचार्य,समाजसेवी चित्र बहादुर थापा मगर लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पालिकाका शिक्षा अधिकृत बासुदेव खनालले गर्नु भएको थियो ।
