
Ppu
Ksb
Usb
Csb
Ssb
Nsb
Fmb
Ssb
Gsb
Tgp
jsb
Ksb
Bsn
Rks
Ksb
Rsb

Hl1
Ssb
Tsb
Usb
Gsb

Nps
Rgu
ptl
गुल्मी । गुल्मीमा हत्या आरोपमा ६ जनालाई गुल्मी जिल्ला अदालतले थुनामा पठाएको छ । ३२ बर्षीय मोहनप्रसाद चुँदालीको हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाएको हो ।
गुल्मी दरवार गाउँपालिका ४ विरवासका चुँदाली फागुन ९ गते मृत अवस्थामा फेला परेका थिए । परिवारको किटानी जाहेरीका आधारमा प्रहरी अनुसन्धान थालेको थियो ।
हत्यामा संलग्न भएको आरोपमा गुल्मी दरवार गाउँपालिका ४ का ५० बर्षीय बिष्णु प्रसाद कडेल, ४८ बर्षीय इन्द्र बहादुर डम्बरपाल, ४२ बर्षीय ज्ञानु कुमारी डम्बरपाल, ३७ बर्षीय लक्ष्मण डम्बरपाल, ३५ बर्षीय कमला डम्बरपाल र २८ बर्षीय सागर सोमैलाई प्रहरीले अदालत पेश गरेको थियो । जिल्ला अदालत गुल्मीले ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
अदालतले हालसम्म संकलन भएका काजको आधरमा मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको गुल्मी जिल्ला अदालत गुल्मीले जनाएको छ ।
