
Ses
pku
Srbpu
Gfs
cjs
Pes
Unsku
Djs
Pbu
Rgp1
Lnp
Sgr
Ggp
Rgp

Rsb
Hal
Sbs
Ssm
Ksm
Rgu
Rgu
nsb
Asm
Vor
Bbbpu
Sls
Ggd
Rgs
Pvg
Tsm
Wsp
Bbu
Gst

Ptm
Syp
Gsb
Pls
Bml
Rmb
Mks
Jmb
Rpp
Abd
bbt
sab
Jmb
कपिलवस्तु । राष्ट्रिय भुमिअधिकार मञ्चले नेपाल शिवराजले चन्द्राैटामा र्याली गरेकाे छ । अधिकार मञ्च शिवराज नगर कमिटीकाे आयाेजनामा जिल्लाकाे चन्द्राैटामा शुक्रबार गरिएको छ ।
“सुरक्षित बास सबैलाई, खेतीयोग्य जमिन किसानलाई” भन्ने मुल नाराका साथ कार्यक्रमकाे आयाेजना गरिएको मञ्चले जनाएको छ । सुकुम्बासी लगायत अव्यवस्थित बस्तीलाई व्यवस्थापन गर्ने, स्थानीय सरकारले भुमिहिन लाई भुमि दे भन्छ भन्ने जस्ता सहभागीले नाराबाजी गरेका थिए । र्याली चन्द्राैटा बजार परिक्रमा गरि नगरपालिकाकाे अगाडि पुगी काेणसभामा परिणत भएकाे जनाइएको छ ।
अधिकार मञ्चका अध्यक्ष ज्ञानेन्द्र लामिछानेले सबैकाे सम्मनपूर्वक बाच्ने अधिकार रहेकाे बताए । पछिल्लो समय सुकुम्बासीकाे पिडा हरेक निर्वाचनमा उम्मेदवारकाे चुनावी एजेन्डा मात्रै बनेकाे आराेप लगाउँदै भुमि अधिकारका लागि लालपुर्जा दिनुकाे विकल्प नरहेकाे उनले जिकिर गरे ।
उनले भने : “चुनावकाे बेला स्थानीय जनप्रतिनिधिले लालीपप मात्रै देखाएका छन ।” लामिछानेले थपे : “यदि सुकुम्बासीकाे काम गर्न कहि कसैले वा कुनै राजनीतिक दलका जनप्रतिनिधिले राेकेका छन् भने तीनीहरुलाई ठेगान लगाउने छाैँ ।” नगरपालिकामा आवाज उठाउँदा सम्बन्धित शाखाका कर्मचारीले आफूले काम गर्दा फाइल हेर्न नसके अध्यक्ष लामिछानेले बताए । जनशक्ति नभएकाले एकलै कर्मचारीले सबै काम गर्न नसकेको उनकाे भनाइ छ ।
यता नगर प्रमुख अजय थापाले मञ्चको ज्ञापनपत्र ग्रहण गर्दै सुकुम्बासी समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए । आफूलाई यसबारे जानकारी भएपनि आन्तरिक समस्याले काम गर्न नसकेको उनले स्विकार गरे ।
