
Djs
Rgp1
pku
Srbpu
cjs
Unsku
Gfs
Ggp
Ses
Lnp
Pes
Rgp
Pbu
Sgr

Ggd
Ssm
Tsm
Pvg
Bbbpu
nsb
Vor
Rsb
Rgu
Rgs
Sbs
Ksm
Wsp
Sls
Bbu
Asm
Gst
Hal
Rgu

Syp
Jmb
sab
Abd
Pls
Gsb
Jmb
bbt
Mks
Rmb
Rpp
Bml
Ptm
दाङ । राप्ती नदीमा दिउँसै अवैध रुपद्वारा गिट्टी– बालुवा उत्खनन र दोहनमा गर्ने १ वटा सवारी साधन तथा चालक र कामदारलाई पक्राउ गरि राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिरले प्रहरीलाई बुझाउनु भएको छ ।
देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ गिधनीया घाट र राजपुर गाउँपालिका वडा नम्बर ३ सिमाना भित्रमा पर्ने राप्ती नदीको क्षेत्रको स्थानबाट पटक पटक बालुवा,गिट्टी,मिस्कट र ढुङा लगायताका नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन् चोरि तस्किरी गरिरहेको अवस्थामा शुक्रबार बिहान रा १ त ४६१७ नम्बरको एक ट्याक्टर पक्राउगरि बेला प्रहरी चौकीलाई जिम्मा लगाइएको वडा अध्यक्ष अहिरले जानकारी दिनु भयो ।
गिधनीया घाट राजपुर गाउँपालिकाको क्षेत्र भित्र पर्छ । तर हामीलाई कुनै जानकारी नदिएर अवैधानिक रुपमा उत्खनन गरेको खबर पाएपछि मैले नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि प्रहरीलाई जिम्मा लगाएको हो,वडा अध्यक्ष अहिरले भन्नु भयो । अबदेखि हाम्रो क्षेत्रमा कुनैपनि ट्याक्टर साहुहरुले अनुमति नलिएर यस्ता कार्य गरेको पाइएमा अझ खरो रुपमा हामी उत्रिन्छौं,अध्यक्ष अहिरले टेलीफोन मार्फत जानकारी दिनु भयो ।
त्यस्तै उहाँका अनुसार गएराति उत्खननमा संल्गन एक ट्याक्टर पक्राउ गरिएको थियो । तर उक्त ट्याक्टरको चाबी सहित चालक फरार रहेकोे हुँदा ट्याक्टरलाई सोही गाउँ बासिलाई जिम्मा लगाएर छाडिएको भएपनि स्थानीय बासिलाई अतेर गरि ट्याक्टर त्यहाँदेखि भगाइसकेको अध्यक्ष अहिरले जानकारी दिनु भयो । त्यस्तै उक्त ट्याक्टर लमही नगरपालिका वडा नम्बर ७ नयाँ बस्ती गाउँको योजना निर्माण प्रयोजनका लागि गिट्टी,बालुवा उठाउन गएको भन्ने बुझिएको अध्यक्ष अहिरले बताउनु भयो ।
त्यस्तै यता बेला प्रहरी चौकीका इन्चार्ज रकम खड्कासंग यस बारेमा बुझ्दा अहिले उक्त ट्याक्टरलाई आवश्यक कार्वाहीको लागि राजपुर गाउँपालिकालाई पत्राचार गरिने बताउनु भयो । उहाँका अनुसार राजपुर-३ का वडा अध्यक्ष रामप्रसाद अहिरको माध्यमद्वारा उक्त ट्याक्टरलाई पक्राउ गर्न सफल भएको बताउनु भयो ।
