
gst
Sds
Ksm
mbd
Gisld
Mbdvs
Gmk
Rbs
Pbu
Anm

Pvg
Wsp
Rgs
Ggd
Bbbpu
Asm
Tsm
Hal
Bbu
Ssm
nsb
Sls
Rgu
Rgu
Ksm
Gst
Vor
Sbs
Rsb

Syp
Pls
bbt
Abd
Jmb
sab
Bml
Rmb
Mks
Rpp
Ptm
Jmb
Gsb
काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यो सँगै उनले माओत्सेतुङ पछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।
त्यस्तै सी विरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित भएका छन् ।
