
Lnp
Ggp
Ksbus
Ksbus
Rgp
Asbus
Msbus
Ggp
Sdc


राग/ विराग
मन बुझाउने भन्दा यहाँ नुन् छर्किने भेटिन्छन्
समस्यामा परेको देखेपछि तर्किने भेटिन्छन् ।
कसैले कसैको इज्जत गरेको देखिदैन कतै
जता छ धन त्यतै सबैजना लर्किने भेटिन्छन् ।
चिन्न गाह्रो दुनियाँलाई अगाडि ठिक्क पार्छन्
हेर्दा जता हावा चल्छ उतै फर्किने भेटिन्छन्।
परिस्थिति हेरेर ब्यवहार गर्ने मान्छेहरू यहाँ
नजिकै गएर बोलाउँदा झर्किने भेटिन्छन्।
जति जे जे भए होस् चिन्ता गर्दिन भने पनि
एक्लै बसि आँखा छोपेर धर्किने भेटिन्छन्।
सञ्जना शर्मा
लमही दाङ
