
Rgp
Ksbus
Sdc
Msbus
Asbus
Lnp
Ggp
Ksbus
Ggp


होली मनाऊँ रमाइलो गरी सबै
सद्भाव अनि मित्रताले भरी सबै।
विभिन्न थरी रङ्गहरुको साथमा
खेलौँ न रङ्ग आपसमा छरी सबै।
हेरुन् विश्वले नै हाम्रो मित्रतालाई
पछ्याउँदै पर्व छक्क नै परी सबै।
वर्षमा घुम्दै आउने यो रङ्गको पर्व
मनाउँदै रमाऊँ घरी घरी सबै।
विकृति नै आउन नदिई मनाऊँ
सभ्य गुणवान् बनेर त्यसरी सबै।
