तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, फाल्गुण २२, २०७९

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा दुई जना कर्मचारीहरूलाई बिदाई तथा सम्मान गरिएको छ ।

राप्ती गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरि उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गरेका वडा नम्बर ६ का वडा सचिव मंगलप्रसाद चाैधरी र इलाका प्रहरी कार्यालय भालुवाङबाट सरूवा भएर जिल्ला प्रहरी कार्यालय नेपालगन्ज बाँके जान लागेका सुजन शाहलाई बिदाई र सम्मानपत्र तथा मायाको चिनो सहित सम्मान गरेको हो ।चाैधरी विगत ३६ वर्षदेखि निरन्तर सचिव पदमा रहि विभिन्न कार्यालयहरूमा सेवा गर्दै आइरहेका थिए । भने शाह विगत एघार महिनादेखि इलाका प्रहरी कार्यालय भालुवाङकाे प्रमुखको रुपमा कार्यरत रहेका थिए । दुवै जनालाई गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली सहित जनप्रतिनिधि,कर्मचारी,सञ्चारकर्मी लगायतले बिदाई तथा सम्मान गरेका हुन् ।यसै बीच होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियोे । होली पर्व रंगको पर्व भएकाले यसलाई मर्यादित र संयम तरिकाले मनाउन वक्ताहरू आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए । त्यस्तै बक्ताहरुले बिदाई र सरुवा भएर जान लाग्नु भएका कर्मचारीहरूले सेवा प्रवाहमा पुर्‍याएको याेगदानकाे उच्च प्रशंसा गर्दै उनीहरूको आगामी दिनकाे सुखद कामना गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का निर्वतमान वडा अध्यक्ष जगत बहादुर थापा,शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, राप्ती गाउँपालिका गाउँ कार्यापालिका सदस्य पार्वती सुवेदी, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]