
pku
Ggp
Unsku
Srbpu
Rgp1
Sgr
Pbu
Lnp
Rgp

Gst
Tsm
Ksm
Sls
Hal
Ggd
Wsp
Sbs
Bbbpu
Rsb
Asm
nsb
Bbu
Vor
Ssm
Rgu
Rgu
Rgs
Pvg

Jmb
sab
Abd
Mks
Pls
Jmb
Syp
Rmb
Gsb
Rpp
Bml
Ptm
bbt
दाङ । स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम आइतबार गढवामा सम्पन्न भएको छ ।
गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । तीन दिने प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले तिनदिने क्षमता विकास प्रशिक्षण कार्यक्रम बाट पालिकाको कार्यक्रम सम्पादनमा थप सहयोग पुग्ने प्रभावकारी हुने बताउनु भयो।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले तीन दिने क्षमता विकास प्रशिक्षण प्रभावकारी भएको बताउदै गढवा गाउँपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल काठमाडौंसंगको सहकार्यमा आयोजित प्रशिक्षण एकदमै राम्रो र फलदायी भएको बताउनु भयो ।
त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर – ६ का वडाध्यक्ष बिरबहादुर आले मगरले कर्मचारी र जनप्रतिनिधिको ठुलो जिम्मेवारी भएको बताउदै जनता संग गरिएको बाचा अनुसार काम पुरा गर्न सहज नभएको बताउनु भयो । हामी संग जनताका धेरै आशा आकाङ्क्षा छ तर हामी सबै तिर एकै पटक काम गर्न सहज छैन तर आवश्यक काम गर्नै पर्ने र यस कार्यक्रम बाट थप सहयोग पुग्ने बताउनुभयो।
उक्त तीन दिने प्रशिक्षण कार्यक्रममा स्थानीय तहको सेवामा भैरहेको कमीकमजोरीलाई सुधार गर्ने,बेरुजु रकम अन्त्य गर्ने,पालिकाको बजेटबाट उपभोक्ता समितिबाट हुने कामहरुको बिधि प्रक्रिया, सार्बजनिक खरिद प्रक्रिया,पेश्की, बेरुजु फर्च्यौट प्रक्रिया,सार्वजनिक खरिद प्रक्रिया,स्थानीय तह वडा समितिको काम कर्तव्य र अधिकार,राजश्व सुधार कार्य योजना,अवधारणा,आवश्यकता,राजश्व परामर्श समितिको भूमिका,राजश्व कार्यालय सुधार कार्ययोजना तर्जुमा प्रक्रिया, स्थानीय तहमा सिफारिस र सर्जमिन मुचुल्का,योजना मुल्यांकन तथा अनुगमन,स्थानीय तहका आयका स्रोतहरु, राजश्वको अवधारणा,कर र गैर कर,राजश्वको अधिकार क्षेत्र, स्थानीयतह संस्थागत स्वमूल्याङ्कन,सम्पत्ति कर अवधारणा, सम्पत्ति कर र संकलन र व्यवस्थापन र सम्पत्ति कर निर्धारण अभ्यास लगायतकाको विविध विषयमा केन्द्रित रही तालिम सञ्चालन भएको हो ।
त्यस्तै तीन दिने प्रशिक्षण कार्यक्रममा गढवा गाउँपालिकाका वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु,विभिन्न वडाका वडा सचिवहरुको उपस्थिति रहेको छ। प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल काठमाडौं उपनिर्देशक हरिकृष्ण कोइराला,त्यसैगरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल काठमाडौंका बुद्दी प्रसाद घिमिरे र सत्रुघन चौधरी रहनु भएको थियो ।
