Sidha Patra शनिबार, फाल्गुण २०, २०७९

प्युठान । माण्डवि गाउँपालिका वडा नम्बर ५ आपचौरमा भएको दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । बाटोमा काम गरिरहेको जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

त्यस्तै मृत्यु हुनेमा मोटरसाइकल चलाइरहेका ऐरावती -२ टिकुरी बस्ने अन्दाजी ४०/४५ वर्षका राम बहादुर थापा (गोपाल) रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडी बसिरहनुभएकी ऐरावती -२ कि वसन्ता भुसाल आचार्य घाइते हुनुभएको छ । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आपचौरमा बाटोको काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबि र बरौलाबाट भालुवाङ तर्फ आउदै गरेको लु२१प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल मिसन ग्रास रुट कार्यक्रमका लागि सरुमारानी -२ रानिबगरमा आयोजना भएको वडा स्तरिय कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्थ्यो। दुर्घटनापछी कार्यक्रम स्थगित गरिएको एमाले सरुमारानी पालिका कमिटीका सचिबालय सदस्य जागेश्वर पोख्रेलले जानकारी दिनुभयो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]