
Rgp1
sbs
Pes
Djs
Srbpu
Ggp
Rgp
pku
Unsku
Gfs
Sgr
Lnp
Pbu
cjs

Hal
Rgu
Gst
Rgs
Ssm
Pvg
Tsm
Rsb
Ksm
Sbs
Wsp
Rgu
Sls
nsb
Vor
Bbbpu
Asm
Ggd
Bbu

Bml
bbt
Jmb
Mks
Syp
Abd
Jmb
Ptm
Rmb
Gsb
Rpp
Pls
sab
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकामा ३ कोठे प्रसूति गृहको शिलान्यास भएको छ ।
उक्त तीन कोठे भवनको सोमबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्यामबहादुर रोका मगरले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।
संघीय मन्त्रालयद्वारा विनियोजित २५ लाखको बजेटबाट निर्माण हुनलागेको सो तीन कोठे भवन निर्माण कार्यको ठेक्का केसी निर्माण सेवाले लिएको वडाध्यक्ष रोका मगरले जानकारी दिनु भयो । उहाँका अनुसार यो सेवा सुरु भयो भने ६ नम्बर वडा नाका क्षेत्रको कल्याणपुर,खाङ्ग्रा,अडबरुवा, बैरवा,गौरिया,गन्धेला,छेकरिया,डगमारा गाउँका नागरिकले सेवा लिने छन् ।
त्यस्तै यस अघि प्रसूतिको लागि नेपाल आउनको लागि बाटोको कारण सम्भावना नभएको र प्रस्तुति गराउनको लागि इन्डिया जानुपर्ने बाध्यता रहेको थियो । तर अहिले उक्त प्रसूति सेवा नाकामै सुरु हुनेभएपछि विगतमा भोग्दै आउनु परेको समस्याबाट नागरिकहरु मुक्त भएको वडा अध्यक्ष रोका मगरले जानकारी दिनु भयो ।
यसैगरी राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले नाका क्षेत्रको हकमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा विगत केहीवर्षदेखि यता प्रसूति सेवा संचालन भइ सेवा दिदै आइरहेको जानकारी दिनु भयो । यस्तै उता वडा नम्बर १ पटौली नाकामा एकीकृत सेवा केन्द्रको रुपमा अहिले गापाको बजेटबाट सुविधा सम्पन्न भवन निर्माण हुँदै गरेको बताउनु भयो । तर उक्त भवन एकीकृत सेवाको लागि निर्माण भएपनि प्रसूति सेवा प्रदान गर्न सकिने अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।
त्यस्तै अध्यक्ष बुढाथोकीले आफ्नो कार्यकालमा नाका क्षेत्रको वडा नम्बर १ पटौली,वडा नम्बर ६ को खाङ्ग्रा,वडा नम्बर ७ को भैसाही नाकाको गाउँमा पुर्व-पश्चिमका नागरिकलाई सहज हुनेगरि ३ ठाउँमा एकीकृत स्वास्थ्य चौकीको लागि सुविधा सम्पन्न दुई तल्लाको भवन निर्माणगरि सेवा प्रदान गर्ने योजनामा रहेको बताउनु भयो । यस्तै अबका हरेक स्वास्थ्य शिविरहरु नाका क्षेत्रलाई पहिलो प्राथमिकता दिएर संचालन गर्ने समेत राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।
