
Sgr
Rgp1
Djs
Pes
Unsku
Srbpu
Pbu
Lnp
cjs
pku
Gfs
sbs
Ggp
Rgp

Ksm
Asm
Vor
Bbbpu
Rgu
nsb
Sbs
Tsm
Bbu
Ggd
Rgu
Rsb
Pvg
Wsp
Ssm
Sls
Hal
Rgs
Gst

Jmb
bbt
Pls
Gsb
Syp
sab
Bml
Jmb
Mks
Rmb
Ptm
Rpp
Abd
दाङ । राप्ती गाउँपालिकाले गत माघ २६ गते ट्याक्टरबाट खसेर उचारकाे क्रममा मृत्यु भएकी जनता आधारभूत विद्यालय करङ्गेकोटकी छात्रा सरिता थापा मगरकाे परिवारलाई कृया खर्च स्वरूप २५ हजार रुपैयाँ राहत प्रदान गरेको छ।
मंगलबार पालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी र युवा,शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विक उनकाे परिवारलाई सहयोग प्रदान गर्न उनकै निवास वडा नम्बर ५ काे तल्लो करङ्गेकाेट पुग्न भएको थियो।
साे अवसरमा अध्यक्ष विष्टले छात्रा सरीता थापा मगरकाे मृत्यु प्रति दु:ख व्यक्त गर्दै उनीकाे मृत्युको खबरले सिङ्गो पालिका नै स्तब्ध भएको भन्दै दुर्घटना अकल्पनीय रुपमा हुने भएकाले जुनकुनै काम गर्दा पनि सावधानी अपनाएर काम गर्नुपर्ने कुरामा जाेड दिनु भयो। “शोकको घडीमा स्थानीय सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन थोरै भएपनि राहत प्रदान गरेका हौ,” उहाँले भन्नु भयो ।
पालिकाले यस अघि पनि मृतक थापा मगरको उपचारका लागि विभिन्न माध्यम बाट सहयोग गर्नुकाे साथै स्वास्थ शाखा,कर्मचारी कल्याण काेष लगायत कर्मचारीहरुबाट समेत आर्थिक सहयोग गरिएको थियो । उनको गत माघ २६ लालमटियामा आयोजित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता कार्यक्रममा सहभागी हुन जाने क्रममा लु ४ प ५१०१ नम्बरको गुडिरहेको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी थिइन् । घाइते भएको १० दिनपछि उपचारै क्रममा फागुन ७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको मृत्यु भएको थियाे।
