तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, फाल्गुण १६, २०७९

दाङ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण कार्यलय राप्ती उपत्यका देउखुरीकाे आयोजना तथा माईलस्टाेन डिजाइन एण्ड प्लानिङ कन्सल्ट प्रा.लि.काे सहकार्यमा मंगलबार राप्ती उपत्यका भित्र बन्ने पूर्वाधार संरचना (आवास तथा अन्य संरचना ) मापदण्ड निर्धारण सम्बन्धि कार्यशाला गाेष्ठी भालुवाङमा सम्पन्न
भएको छ।

गाेष्ठी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा इन्जिनियर छविराज पाेख्रेलकाे अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हाे । गाेष्ठीमा माईलस्टाेन डिजाइन एण्ड प्लानिङ कन्सल्ट प्रा.लि.का ईन्जिनियर कुमार धमला,पूर्व न्याय परिषदका सदस्य तथा उच्चस्तरीय निर्देशक समितिका विज्ञ सदस्य पदम वैदिक,प्राधिकरणका कार्यकारी प्रमुख छविराज पाेख्रेलले प्रदेश राजधानी जग्गा एकीकरण आयोजना सञ्चालन प्रक्रिया र कानूनी आधारहरुकाे बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।साे गाेष्ठीमा लमही नगरपालिकाका नगर प्रमुख जाेगराज चाैधरी,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण पाेख्रेल,राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी,जग्गा एकीकरण विकास आयोजनाका अध्यक्ष श्यामेस चाैधरी लगायत लमही,सितगंगा नगरपालिका राप्ती,गढवा र राजपु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा वडा अध्यक्षहरुकाे सहभागीता रहेको थियो।

त्यस्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणका अधिकृत लक्ष्मण घिमिरेकाे स्वागत मन्तव्यबाट शरु भएको कार्यक्रमकाे सहजीकरण इन्जिनियर शंकर सुवेदीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]