
cjs
Rgp1
Lnp
Srbpu
Unsku
Sgr
Rgp
pku
Pbu
Ggp
sbs
Djs
Pes
Gfs

Sls
nsb
Rgu
Ggd
Pvg
Rgu
Hal
Bbbpu
Vor
Tsm
Sbs
Wsp
Ksm
Rsb
Asm
Gst
Rgs
Ssm
Bbu

Syp
Mks
Pls
Abd
Gsb
sab
Jmb
Rmb
bbt
Bml
Jmb
Ptm
Rpp
कपिलवस्तु । राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु बिक चयन भएका छन् । शनिबार तौलिहवामा भएको दोस्रो अधिवेशनबाट बिक अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
जसको महिला उपाध्यक्षमा दिपिका बिक, उपाध्यक्षमा धनिराम कोरी,सचिवमा सागर बिक, कोषाध्यक्षमा राज कुमार चमार र सहसचिवमा जेसराज बिक चयन भएका छन् भने सदस्यहरुमा अंशु ढकाल बिक, प्रमोद हरिजन र सेम्ला बिक चयन भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकार उद्योग यातायात तथा पर्यटन मन्त्री जनकी प्रसाद यादवले राष्ट्रिय दलित पत्रकार संघ शाखा कपिलवस्तुलाई भवन निर्माणका लागि बजेट बिनियोजन गर्ने बताउनु भएको छ । यस्तै कृष्णनगर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सतिस निगमले पनि भवन निर्माण कार्यको लागि जग्गा ब्यावस्थापन गर्ने बताउनुभयो।
राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरेको छ । अधिवेशनमा पत्रकार, कलाकार, अधिकारकर्मी हरुलाई लगायतलाई सम्मान गरेको हो । विषे नगर्ची पुरस्कारबाट नगद रु १० हजारसहित राम बहादुर गन्दर्व,उदयमान पत्रकारीता पुरस्कारबाट दिपिका सुनार नगद रु ८ हजार र समावेशी पत्रकारीता पुरस्कारबाट नगद रु ५ हजार सहित खगप्रसाद चापागाई र शनिउल्लाह मुसलमान सम्मानित भएका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अनुशासन विभागका सदस्य समेत रहेका हित खगप्रसाद चापागाइले आफुले प्राप्त गरेको सम्मान रकममा ५ हजार थप गरि ब्रेन ट्युमरबाट पीडित अग्रज पत्रकार शितल आचार्यलाई नगद रु १० हजार सहयोगको घोषणा समेत गरेका छन् । यस्तै दलित अधिकारकर्मी,कलाकार,वडाध्यक्ष लगायतलाई समेत सम्मान गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका उद्योग,पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादव,विशिष्ट अतिथि राष्ट्रिय दलित पत्रकार संघ,नेपालका केन्द्रिय अध्यक्ष तथा संविधान सभा सदस्य विनोद पहाडी,केन्द्रिय सचिव रिता बुढाथोकी,राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार लगातयतले सम्मान पत्रसहित सम्मान गरेका थिए ।
नवनिर्वाचित कार्यसमतिले अब जिल्लामा दलित पत्रकारलाई एकतावद्ध गराई दलित समुदायका मुद्धालाई शसक्त रुपमा उठान गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष शम्भु बिकले बताए । आफ्नो कार्यकालमा आफ्नै भवान निर्माण गर्ने बिकले बताउ नुभएका छन् । उनका अनुसार यहीँ फागुन २० गते गोरुसिंगेमा बैठक बस्ने निर्णय समेत भएको जानकारी दिए ।
