
gms
Ratbs
Gsl
Nssbus7
Csbus
Pbu
dsbus
Bksbus5
Rbs
Gsbus
Jsbus
syysr
Ssbus
Ddhbs
Syees
Amb

Ssm
Tsm
Sbs
Rgu
Sls
Vor
Rgu
Bbu
Ksm
Rgs
Hal
Asm
Gst
Wsp
Rsb
nsb
Ggd
Bbbpu
Pvg

Mks
Jmb
Rmb
Gsb
Rpp
Ptm
Pls
Abd
Bml
Syp
Jmb
bbt
sab
दाङ । घोराहीमा रहेको सर्वोदय पुस्तकालय तथा वाचनालयको आयोजनामा स्रष्टासँग साहित्यका कुरा कार्यक्रम सम्पन्न गरिएको छ । पुस्तकालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्थको अध्यक्षता एवं प्रमुख वक्ताहरु साहित्यकार, नाटककार तथा रङ्गकर्मी अशेष मल्ल र समालोचक तथा संस्कृतिविद् प्रा. डा. सावित्री कक्षपतीको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
साहित्यकार, नाटककार तथा रङ्गकर्मी अशेष मल्लले नेपाल प्रकृति र संस्कृतिका हिसावले धनि भएको भन्दै साहित्यका माध्यमबाट यसको बजारीकरण गर्नुपर्ने बताउनुभयो । अवको सहित्यले गुनासोलाई भन्दा देशभित्रको सम्भावनालाई उजागर गर्न आवश्यक रहेको बताउनु भयो । नेपाल सेतो क्यानभास भएकाले यसलाई सुन्दर बनाउने बिषयका बारेमा अबको साहित्यले बोल्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सावित्री कक्षपतिले विभिन्न राजनीति परिवर्तनका लागि साहित्यको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो । अब साहित्यकारले समाजलाई श्रृजनाको माध्यमबाट खवरदारी गर्नुका साथै श्रजक आफैंले पनि कदम चल्न आवश्यक रहेको बताउनु भयो ।
यस्तै पुस्तकालयका सदस्य सुन्दर गौतमको स्वागत मन्तव्य तथा बिषय प्रवेशबाट सुरु भएको कार्यक्रममा राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी,संस्कृतिविद डा.गोविन्द आचार्यले नेपाली साहित्यमा वक्ताहरुको योगदान र परिचयका बारेमा बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण पुस्तकालयका सचिव सुदिप गौतमले गर्नु भएको थियो ।
