मेगमन बुढा बिहिबार, फाल्गुण ११, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा १ सय २० मिटर लामो झुलुङ्गे पुल निर्माण हुने भएको छ ।केन्द्रीय सशर्त अनुदान डोलीतारको ८५% लगानीमा निर्माण हुन लागेको उक्त झुलुङ्गे पुलको निर्माण कार्यमा राजपुर गाउँपालिकाले १३% लगानी गर्नेछ भने त्यहाँका स्थानीयद्वारा २% श्रमदान गर्नु पर्ने राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनु भयो ।अनुमानित ९५ लाखमा निर्माण हुने उक्त झुलुङ्गे पुलको निर्माण कार्यमा सेवा प्रतिष्ठान नेपाल तुलसीपुर-६ दाङले सहजीकरण गर्ने सो प्रतिष्ठानका प्राविधिक दिपेश गौतमले जानकारी दिनु भयो ।

त्यस्तै उक्त पुलको डिपिआर यहीँ आउँदै गरेको चैत महिनाको १० गतेभित्र तयारपारी सम्पूर्ण डकुमेन्ट मन्त्रालयमा पठाउने र यता निर्माण कार्यको थालनी तत्काल गरेर एक वर्ष भित्र पुल निर्माण कार्य सम्पन्न गरि त्यहाँका नागरिकलाई सेवा प्रदान गर्ने प्राविधिक गौतमले बताउनु भयो ।उक्त झुलुङ्गे पुलबाट राजपुरको १ नम्बर वडा नाका अन्तरगतका गाउँहरु कक्रवा, गुरुङ, सुकौली, सिरिया, पटौली, बरुवा, बिशखब्री गरि ७ वटा गाउँका कुल १ सय ५० घर धुरी लाभान्वित हुनेछन् । वर्षाको समयमा विद्यालयमा आउने,जाने स-साना बालबालिकालाई धेरै समस्या रहेको र अब उक्त पुल निर्माण भएपछि समस्या समाधान हुने पटौली गाउँका समाजसेवी वीर बहादुर घर्ती मगरले बताउनु भयो ।

बुधबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले सेवा प्रतिष्ठान नेपालका प्रविधिक दिपेश गौतम आफ्नो स्वकीय सचिव रामबकश चौधरी, गोतबहादुर चौधरीलाई साथमा लगेर स्थलगत सर्वे गरेर फर्किनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]