
Sgr
Rgp1
Unsku
Rgp
Ggp
Pbu
Lnp
pku
Srbpu

Rgu
Vor
Rgu
nsb
Pvg
Bbbpu
Asm
Ggd
Gst
Rgs
Bbu
Sbs
Rsb
Ssm
Wsp
Sls
Ksm
Hal
Tsm

Pls
Rmb
Jmb
Syp
Abd
Jmb
Ptm
Bml
sab
Gsb
Rpp
Mks
bbt
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्तिमा मोटरसाइकलले ठेलागाडालाई ठक्कर दिँदा ठेलागाडा चालक ठकुरी घाइते हुनु भएको छ ।
आज बेलुका ६:३० बजे क्षिगतपुरबाट आफ्नो घर तिकलिगढ जाँदै गरेका पतिराम चौधरी सवार रा ५ प ८९ नम्बरको मोटरसाइकलले नर्ति पेट्रोलपम्प नजिक ठेलागाडा चलाएर बस्दै आएका ठेलागाडा चालक ५९ वर्षीय काशी बहादुर ठकुरीलाई ठक्कर दिँदा ठकुरी घाइते हुनु भएको हो ।
पर्वत जिल्ला साबिक लुङ्खुदेउराली गाविस वडा नम्बर ६ हाल नर्तीमा बस्दै आउनु भएका ठकुरीको खुट्टा र अण्डकोषमा चोट लागेको छ । ठकुरीलाई उपचारको लागि लमही अस्पताल लगिएको वडा प्रहरी कार्यालय लमहीका सहायक हवल्दार कर्ण बहादुर पुनले जानकारी दिनु भयो । अहिले घटना घटाउने मोटरसाइकल सवारी धनी चौधरीलाई अस्थायी प्रहरी पोस्ट नर्तीको कार्यालयको अधीनमा राखिएको छ ।
