टेकबहादुर पुन/जिल्ला ब्युरो सोमबार, फाल्गुण ०८, २०७९

दाङ । लोकतन्त्र र संबिधानको रक्षाका निम्ति नेपाली काँग्रसको नेतृत्वको सरकार आबस्यक रहेको काँग्रेसी नेताहरुले बताएका छन ।नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश सभा ख ले दाङको लमहीमा आयोजना गरेको प्रदेश सम्मेलनमा नेताहरुले यस्तो बताएका हुन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले लोकतन्त्रको रक्षाका निम्ति काँग्रेसको सरकार आबस्यक रहेको औँल्याय । विभिन्न सड्यन्त्रका बाबजुद काँग्रेस प्रतिपक्षमा बस्नुपरेपनि देशका निम्ति काँग्रेस नै चाहिने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका घिमिरेले गुटउपगुट लाई अन्त्य गर्दै समग्र काँग्रेस पार्टीलाई बलियो बनाउन तर्फ अग्रसर रहन सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापती शंकर प्रसाद डाँगी, लुम्बिनी प्रदेश सभा सदस्य लोका कुमारी बि.क, महाधिवेशन प्रतिनिधिहरु जानकीलाल बस्नेत र कर्ण बहादुर बुढाथोकी, क्षेत्रीय सचीव हरिहर शर्मा, पुर्ब क्षेत्रीय सभापति बासुदेब जंगली, लमही नगर सभापती सन्तोष बुढाथोकी लगायतले कम्युनिस्ट सरकार क्षणिक भएको र देशका निम्ति काँग्रेस नै आबस्यक पर्ने भएकाले सबै एकजुट भएर लाग्नुपर्ने धारणा ब्यक्त गरे ।नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश सभा ख का सभापती दिनेश गिरीको सभापतित्व तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरेको प्रमुख आतिथ्य एबम् जिल्ला सभापती शँकर प्रसाद डाँगीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।प्रदेश सभा ख का उपसभापति दामोदर पौडेलले स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा पार्टीको साङ्गठनिक प्रतिबेदन तथा बार्षिक प्रतिबेदन सचिब लालबिर खड्का र आर्थिक प्रतिबेदन सहसचिव कुल बहादुर बुढा मगरले प्रस्तुत गरेका थिए । कार्यसमिति सदस्य बिना न्यौपानेले धन्यवाद ज्ञापन गरेकि थिईन भने सम्मेलनको सहजीकरण सचीव लालबिर खड्काले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]