
Djs
Pes
Unsku
Rgp
Srbpu
Lnp
sbs
pku
Gfs
Sgr
cjs
Rgp1
Ggp
Pbu

Bbbpu
Sls
Rgs
Vor
Tsm
Rgu
Rgu
Ssm
Bbu
Hal
Sbs
Wsp
Ksm
Gst
nsb
Ggd
Pvg
Asm
Rsb

bbt
Bml
Pls
Syp
Rpp
Rmb
Abd
Gsb
Jmb
Ptm
Mks
Jmb
sab
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर स्थित माध्यमिक विद्यालय फल्कापुरको ४२ औं वार्षिकोत्सब समारोह सव्य र भव्यका साथ आइतबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवान जंग चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रालयका माननीय मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मन्त्री थारुले गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक,विद्यार्थी र अभिभावकहरुको बीच सहकार्य एवं समन्वय हुन जरुरी रहेको बताउनु भयो ।
त्यस्तै मन्त्र थारुले अब जीवन उपयोगी ज्ञान प्रदान गर्न तर्फ विद्यालयले ध्यान दिनु पर्ने बताउदै भौतिक पुर्वाधार मन्त्रालयको तर्फबाट विद्यालयलाई हुने हरेक किसिमको साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
त्यस्तै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले
नगरपालिकाबाट छिट्टै कक्षा १ देखि १० सम्म नि:शुल्क र निजी शिक्षकलाई पनि नगरपालिकाको मातहतमा राखेर आगामी दिनमा शैक्षिक नीति ल्याउन लागेको बताउनु भयो ।
यसैगरी लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले गुणस्तरीय शिक्षाका लागि घरमा पनि अभिभावकले आफ्ना बालबच्चाहरुलाई सस्कार सहितको अभिभावकत्व दिनु पर्ने बताउनु भयो । कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ३ का पुर्व वडा अध्यक्ष बाबुराम थारु,पत्रकार केपि घिमिरे,बाल जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण केसी लगायतकाले बोल्नु भएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका सस्थापक जग्गादाता, अक्षयकोष दाता सहित उत्कृष्ट शिक्षकका रुपमा अर्जुन कुमार पौडेल सम्मानित हुनु भएको थियो । यसैगरी विद्यालयमा प्रथम,दुतिय र तृतीयका साथै कक्षा १ देखि १२ सम्म कक्षा प्रथम, दुतिय र तृतीय र खेलकुद तर्फबाट पनि पुरस्कार बितरण गरिएको थियो । सो वार्षिक कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य कला प्रस्तुत गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक सुरेश शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सम्झना शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन कम्प्युटर शिक्षक जय प्रकाश पौडेल गर्नु भएको थियो ।
त्यस्तै विद्यालयको वार्षिकउत्सबको पुर्वसन्ध्यामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको थियो । साझा अस्पताल प्रा.लि.बुटवलका वरिष्ठ महिला रोग विशेषज्ञ,बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ,नाक,कान,घाटी रोग विशेषज्ञ,फिजिसियन,सर्जन तथा स्टाफ नर्सहरुबाट स्वास्थ्य परीक्षण भएको थियो । वेलकेयर फार्मेसी लमही १ कौडियाको नि:शुल्क औषधि वितरण तथा डाक्टरकाे संयोजनमा करिब ४०० जना बिरामीहरूकाे नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको थियाे । जसमा महिला रोगका बिरामीकाे उल्लेखनीय उपस्थिति रहेकाे थियाे ।
