
Sdc
Amb


दाङ । देउखुरीक्क गढवा उद्याेग बाणिज्य संघद्वारा गढवा बजार क्षेत्रमा ट्राफिक ब्यवस्थापनका लागि सेताे मार्किङ्ग कार्य शुरू गरेकाे छ ।
अव्यवस्थित पार्किङ भई बजार साघुरिदै गएकाे भनी बजार क्षेत्र अन्तर्गत पश्चिममा बुद्ध ज्याेति चाेकदेखि पुर्वमा सर्बाेदय चाेकसम्म सेताे मार्किङ्ग गरि ट्राफिक व्यवस्थापन गरिने संघका अध्यक्ष खिम बहादुर बुढा मगरले जानकारी दिनु भयाे ।
गढवा उद्याेग बाणिज्य संघकाे आयाेजना तथा ईलाका प्रहरी कार्यालय गढवा र अस्थायि ट्राफिक कार्यालय गढवाकाे सहयाेग एवं समन्वयमा सेताे मार्किङ्ग कार्यक्रम शुरू भएकाे हाे । सेताे मार्किङ्ग कार्य सम्पन्न पश्चात् माेटर बाईक तथा साईकलहरू साे मार्किङ्ग क्षेत्र भन्दा भित्र पार्किङ हुनुपर्ने अस्थायि ट्राफिक कार्यालय गढवाका प्रमुख जित बहादुर वलिले बताउनु भयाे ।
मार्किङ्ग कार्य सम्पन्न भई पहिलाे चरणमा मार्किङ्ग क्षेत्र भित्र माेटर बाईक राख्न सुझाव दिने र साे कार्य हुदा पनि पार्किङ क्षेत्र भन्दा बाहिर माेटर बाईक पार्किङ भएमा जरिवाना समेत गरिने प्रमुख वलिले बताउनु भयाे । पार्किङ लाई ब्यवस्थित गरि सम्भावित दुर्घटना न्युनिकरण गर्नका लागि याे अभियान थालियकाे गढवा उद्योग बाणिज्य संघ गढवाले जनाएकाे छ ।
