
ksbus
Amb
Sdc


आश्विन ७ गते,बुधबार-दाङ । देउखुरीको एक सामुदायिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ ।
जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ को पहाडी गाउँ करङ्गेकोटमा रहेको जनता आधारभुत विद्यालय बर्स्षादलेे पहिरोको उच्च जोखिममा परेको हो । सिसहनियाँ बजार देखि करिव ७÷८ किलोमिटरको दुरीमा रहेको सो विद्यालय नियमित वर्षातका कारण विद्यालयको दुई कोठे भवन सहित शौचालय पहिरोको उच्च जोखिममा पर्नुको साथै स्टोर रुम पहिरोले पुरिने देखिन्छ भने तारबारमा समेत क्षति पुगेको विद्यालयका शिक्षक तुलबहादुर कंवर मगरले जानकारी दिनु भएको छ । तत्काल पहिरो रोकथाम नगरिए कक्षा ७ र ८ को २ कोठे भवन र शौचालय पहिरोले लैजाने खतरा बढेको शिक्षक मगरले बताउनु भएको हो । कक्षा ८ सम्म सञ्चालित सो विद्यालयमा करिव २ सय ७० विद्यार्थी रहेका छन् । भने एक कार्यालय सहयोगी सहित ११ जना शिक्षकहरु रहेका छन् ।
