
Rgp
pku
Srbpu
Pes
cjs
Rgp1
Sgr
Pbu
Unsku
Djs
Ggp
Gfs
Lnp
sbs

Gst
Tsm
Pvg
nsb
Sbs
Asm
Rgu
Hal
Bbu
Ssm
Wsp
Rgu
Vor
Sls
Rsb
Ksm
Ggd
Bbbpu
Rgs

Rpp
Jmb
Abd
Ptm
Rmb
Gsb
Mks
Jmb
bbt
Pls
Syp
sab
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका नाै वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि संचालित आमा तथा नवजात शिशु सुरक्षा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम बिहिवार पालिकाकाे सभा हल मसुरियामा सम्पन्न भएको छ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतकाे अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि विष्टले गर्भवती महिला र नवजात शिशु स्वास्थ्य सुरक्षाका बारेमा अपनाउनु पर्ने उपायहरुका बारेमा चर्चा गर्दै मातृ तथा बाल मृत्युदर घटाउन स्वास्थ्यकर्मीहरुकाे मुख्य भूमिका रहने बताउनु भयो ।
त्यस्तै उहाँले स्वास्थ्य क्षेत्र निकै सम्वेदनशील क्षेत्र भएकालेे स साना कुराहरुमा समेत निकै हाेसियारी का साथ काम गर्नु पर्ने तर्फ स्वास्थ्यकर्मीहरुलाई सजक गराउनु भयो । फाेलाेरेन्स नाइटिङ्गेलकाे उदाहरण दिदै उहाँले भन्नु भयाे “सबै स्वास्थ्यकर्मीको व्यवहार र आचरण समेत सुधार हुन जरुरी छ ।”
साे दुई दिनसम्म संचालित अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यलय दाङकी पब्लिक हेल्थ नर्स सीता कँवर र राप्ती गाउँपालिकाकी सिनेर अनमी भारती सन्यासीले गर्भवती महिलाहरु र शिशुहरुकाे स्वास्थ्य कसरी सबल बनाउन सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई प्रष्ट पार्नुु भएको थियोे । कार्यक्रममा नाै वटै वडाका २३ जना महिला स्वास्थ्यकर्मीहरुकाे सहभागीता रहेको थियाे।
