
Lnp
Ggp
Srbpu
pku
Unsku
Rgp1
Sgr
Pbu
Rgp

Sbs
Rgu
Wsp
Hal
Rsb
Pvg
Ksm
Ssm
Bbbpu
Ggd
nsb
Gst
Rgu
Asm
Vor
Tsm
Bbu
Rgs
Sls

Jmb
Pls
bbt
Bml
Rmb
Ptm
Jmb
Mks
Abd
Syp
Rpp
Gsb
sab
दाङ । एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाकाे दाेस्राे अधिवेशनले पुन: कृष्ण बहादुर बुढा मगरको अध्यक्षततामा पछि एक जना सदस्य थप गर्ने गरि सत्र सदस्य नयाँ कार्य समिति गठन गरेको छ ।
शनिबार वडा नम्बर ५ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल खाैराबाबामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कुमार पुन मगर ,महिला उपाध्यक्षमा विष्णु कार्की ,सचिवमा गाेविन्द चौधरी,कोषाध्यक्षमा लक्ष्मी शाहीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा राम प्रसाद चौधरी,टाेमलाल गैरे,खिम बहादुर वली,अनुपम योगी,यशोधा घिमिरे,हरिलाल दर्लामी मगर,थम्मन सिंह गाहा मगर,खुमा पुन मगर, गणेशमान खड्का,जुगमानी चौधरी र रामप्रसाद शर्मा रहनु भएको छ ।
यस्तै अधिवेशन संगठनका गाउँपालिका अध्यक्ष कृष्ण बहादुर बुढा मगरकाे अध्यक्षता तथा नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका उप महासचिव विष्णु खनालको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिकाका इन्चार्ज चित्र बहादुर थापा मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे ।
साे अवसरमा बाेल्दै प्रमुख अतिथि खनालले नव गठित कार्य समितिकाे काम,कर्तव्य र महत्व माथि चर्चा गर्दै विद्यालय शिक्षाका देखिएका सबैखाले समस्याहरूको समाधान गर्न संगठन लाग्नु पर्ने बताउनु भयाे ।
साे अवसरमा नेपाल शिक्षक महासंघ दाङ जिल्ला सह अध्यक्ष रामप्रसाद जैशी ,जग्गा एकीकरण विकास आयाेजनाका संयाेजक श्यामेस चाैधरी,वडा नम्बर २ का वडा अध्यक्ष पहलमान चाैधरी,९ का रिम बहादुर सुनारी मगर,नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीका कार्यवाहक अध्यक्ष नारायण शर्मा , सचिव बसन्त नेपाली लगायतको उपस्थिति रहेकाे कार्यक्रमको सहजीकरण संगठनका सचिव गाेविन्द चाैधरीले गर्नु भएको थियो ।
