
Ssb
Ppu
Gsb
Bsn
Nsb
Rsb
Ssb
Fmb
Csb
Tgp
Ksb
jsb
Usb
Ksb
Rks
Ksb

Ssb
Hl1
Usb
Tsb
Gsb

ptl
Rgu
Nps
दाङ । शिक्षा नितीलाई ब्यवहारमा कार्यान्वयन गर्न नसक्दा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सांसद इन्द्रजित थारुले बताउनु भएको छ ।
जनता माध्यमिक विद्यालय गढवाको ६२ औं बार्षिकोत्सव समारोहलाई संबोधन गर्दै थारुले यस्तो बताउनु भएको हो । सरकारले बनाएको शिक्षा निती नराम्रो छैन तर हामी आफैले कार्यान्वयन नगर्दा सम्म गुणस्तर सुधार भाषणले मात्र हुदैन । बिश्वको शिक्षा सामुहिक उत्पादनतर्फ जादै गर्दा हाम्रो देश सामन्तबादी चिन्तन संस्कार र मनोबृत्तिबाट माथी नउठ्दा शिक्षामा आमूल परिवर्तन हुन नसकेको र कमिसन कै चक्करमा शिक्षा क्षेत्र रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासले संस्कार र अनुशासन सहितको जिवनोपयोगी शिक्षा कार्यान्वयन गर्न गाउँपालिका गंभिर रहेको बताउनुभयो । सरकारी बिद्यालयहरु सिमान्तकृत वर्गका छोराछोरीहरुले मात्रै शिक्षा आर्जन गर्ने स्थान बन्न थालेकोमा चिन्ता प्रकट गर्दै शिक्षा क्षेत्रलाई रणनीतिक ढंगबाट गुणस्तर सुधारका योजना बनाउन स्थानीय सरकार लाग्ने बताउउनु भयो ।
कार्यक्रममा बिद्यालयका पुर्व अध्यक्षहरु रेशम बिसी, भगवती प्रसाद चौधरी,शिक्षपे्रमी बुद्धिजिवीहरु रामप्रसाद गैरे,तेजप्रसाद न्यौपाने,सकुन्तला डिसी, कपिलदेव खनाल,उमाकान्त पन्त,कृष्णराज पाण्डे, जगतराम यादव,पुरस्कार संस्थापकहरु शंकर पाण्डेय,दिनमणि आचार्य र पुर्व प्रअ गोबिन्द पौडेल लगायतले बोल्नु भएको थियो । सो अवसरमा बिद्यालयको दोश्रो स्मारीका समेत बिमोचन गरिएको थियो ।
कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले स्थापना गर्नु भएका अक्षयकोष शोभाखर सोभादेवि, हरिबहादुर स्मृतिकोष, सुमकला फर्सराम, ऋिषिराम स्मृति,प्रेम बिसी स्मृतिकोष र यागेश्वर पाण्डे स्मृतिकोष लगायत ६ वटा स्मृतिकोषका पुरस्कारहरु वितरण गरिएको थियो । समारोहमा निबृत्त शिक्षक द्रोण डाँगी, होमप्रसाद अधिकारी र कार्यरत उत्कृष्ट शिक्षक स्वामीदयाल यादव,उपेन्द्र चालिसेलाई सम्मान गरिएको थियो भने उत्कृष्ट शिक्षकको रुपमा यागेश्वर पाण्डे स्मृतिकोषको पुरस्कार कार्यरत शिक्षक बिष्णा पन्थीलाई प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा विद्यालयका प्रअ रामसुरत यादवले विद्यालयको संस्थागत प्रतिवेदन,शिक्षक सुदिप किककरण आचार्यको स्वागत मन्तब्य र शिक्षक ठाकूर खनालले सहजिकरण गर्नु भएको थियो । वार्षिकोत्सव समारोहमा वर्षभरीको पठन पाठन र खेलकुद तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
