
Rgp
Sgr
Srbpu
Unsku
Pbu
Lnp
Rgp1
Ggp
pku

Bbu
Vor
nsb
Hal
Rgu
Sbs
Wsp
Tsm
Ksm
Ssm
Pvg
Bbbpu
Rgu
Rsb
Rgs
Gst
Asm
Sls
Ggd

Rmb
bbt
Syp
sab
Abd
Bml
Gsb
Rpp
Jmb
Mks
Jmb
Pls
Ptm
दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सभाहलमा एक दिन अगाडी नै गढवा स्थित जनता माध्यमिक बिद्यालयको ६२ औं वार्षिकोत्सव समारोह तथा स्मारिका बिमोचन कार्यक्रमको आयोजना गरियो । साउण्ड प्रबिधि र मञ्चको पुर्ण तयारी गरि विद्यालय ब्यवस्थापन समितिका अध्यक्षको सभापतित्व र प्रतिनिधीसभाका सांसद मेटमणि चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु गरियो । तयार गरिएको तालिका बमोजिम सञ्चालकले कार्यक्रम सञ्चालन गर्दै गर्दा सोहि समारोहमा वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथीले विधिवत् रुपमा स्मारीकाको बिमोचन समेत गर्नुभयो ।
झट्ट हेर्दा विद्यालयको वार्षिकोत्सव आरम्भ भएजस्तै मानिए पनि सन्दर्भ महिलाहरुका लागि उद्घोषण तालिमको प्रयोगात्मक अभ्यास थियो । तालिमका सहभागिहरुले कार्यक्रम सञ्चालन गर्न अभ्यास गर्दै रहदा विद्यालयकै वार्षित्सवको झझल्को आउथ्यो । गढवा गाउँपालिका वडा नम्बर ७ र देउखुरी सामुदायिक पुस्तकालयको समेत लागत सझेदारीमा महिला शसक्रिकरणका लागि चार दिने उद्घोषण तालिको आयोजना गरिएको थियो ।
सैद्धान्तिक र प्रयोगात्माक अभ्यास संगै चारदिने कार्यक्रम सम्पन्न भएको पुस्तकालयले जनाएको छ । पुस्तकालयका अध्यक्ष ओभा पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा अध्यक्ष राहुलदेव चौधरी,वडा सदस्य तथा न्यायिक समितिका सदस्य रेखा थापा,सहभागिहरु नारायणी बिक र निर्मला नेपाली लगायतले बोल्नुभएको थियो । तिस जना महिलाहरुको उद्घोषण क्षमताको विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।
सहभागि महिलाहरु बिच सम्पन्न उद्घोषण अभ्यास प्रतियोगितामा नारायणी बिक प्रथम,पबित्रा बिसी द्धितिय,कल्पना दाहाल र राधिका भण्डारी तृतीय र निर्मला नेपाली तथा रिता थापाले सान्त्वना स्थान हाँसिल गर्नुभएको थियो । कार्यक्रममा बिजेतालाई पुरस्कार र सहभागि सबैलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
तासिलकमो प्रशिक्षकमा ओभा पाठक,पत्रकार दुखहरण यादव र शिबराज पन्थी रहनु भएको थियो । समापन कार्यक्रमको सञ्चालन तालिममका सहभागि राधिका भण्डारीले गर्नुभएको थियो ।

