
Srbpu
Unsku
Sgr
pku
Ggp
Pes
Rgp1
Pbu
Rgp
Lnp
Gfs
sbs
Djs
cjs

nsb
Ssm
Pvg
Ggd
Sbs
Bbbpu
Sls
Tsm
Hal
Rsb
Wsp
Ksm
Rgu
Rgs
Asm
Gst
Vor
Rgu
Bbu

Syp
Rpp
Jmb
Mks
Rmb
sab
Ptm
Bml
Jmb
Gsb
bbt
Abd
Pls
दाङ । देउखुरी उद्योग वाणिज्य संघले लमहीमा आयोजना गरेको छैठौँ देउखुरी कृषि,पर्यटन तथा व्यापारीक महोत्सवमा पुन:दर्शकहरू बढ्न थालेका छन् ।
बुधबार चर्चित लोक दोहोरी गायक पशुपति शर्मा आउने खवर पाएपछि दर्शकहरूको संख्या बढ्न थालेको हो । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा सञ्चालित महोत्सवको बुधबार आठौं दिन बहुचर्चित लोक दोहोरी गायक पशुपति शर्माले मलाई अमेरिका नै यहि, डालीमा चील बस्यो, क्यारन माया पर्या छाै, सारंगी र्याई र्याई, छन त म राम्रो छैन लगायत आधा दर्जन गीत गाएर दर्शकहरूलाई मनोरञ्जन दिएका छन् । उनको गितमा दर्शकहरूले हुटिङ गर्दै नाचेर साथ दिएका थिए ।
त्यसैगरि महोत्सवमा गायक चोलेन्द्र पाैडेल, गायक घनश्याम रिजाल,गायिका डिला परियार लगायतका कलाकारहरूले आफ्ना विभिन्न गित मार्फत दर्शकहरूलाई छमछमी नचाएका थिए ।
महोत्सवलाई कुशल सञ्चालक तथा गायक ढाकाराम पाैडेलले पनि विभिन्न गीत मार्फत कार्यक्रमलाई थप रोचक बनाएका थिए । कार्यक्रमलाई थप रमाईलो वनाउनका लागि डान्सर नारायणी खत्री र सगरमाथा डान्स ग्रुप नेपालगञ्ज लगायत स्थानीय कलाकारहरुले दर्शकहरुको ध्यान खिचेका थिए ।
यसै बीच महोत्सवको बिहीबार नवौं दिन चर्चित गायिका एलिना चाैहान,चर्चित गायिका मञ्जु पाैडेल, गायक तथा मोडेल विजय पुन लगायतका कलाकारहरू आउने महोत्सव व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् ।
महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।
त्यस्तै महोत्सवमा प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, ज्योति मगर, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने महोत्सव व्यवस्थापक बुढाथोकीले जानकारी दिएका छन् ।
महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।
