
pku
Ggp
Unsku
Gfs
cjs
Djs
Srbpu
Lnp
sbs
Pes
Sgr
Rgp
Rgp1
Pbu

Rsb
Vor
Bbu
Ssm
Rgs
Ksm
Asm
Rgu
nsb
Tsm
Gst
Pvg
Sls
Bbbpu
Wsp
Rgu
Sbs
Hal
Ggd

Mks
Rpp
Jmb
Syp
Rmb
Bml
Gsb
Ptm
sab
Pls
bbt
Abd
Jmb
दाङ । ओभरलोड बोकेका मालबाहक सवारी साधनहरुको नियमित अनुगमन गर्नका लागि बृहत समन्वय समिति गठन भएको छ ।
मालबाहक सवारीसाधन सञ्चालन गर्ने व्यवसायी हरूको छाता संगठन नेपाल ट्रक यातायात व्यवसायी महासंघमा आवद्ध राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङको समन्वयमा यातायात व्यवस्था कार्यालय,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा स्थानीय सञ्चारकर्मीहरूको रोहवरमा ओभरलोड बोकेका मालबाहक सवारी साधनहरूको नियमित अनुगमन,नियन्त्रण र अनुगमनका क्रममा नियम उलंघन गरेको पाइएमा त्यस्ता सवारीसाधनलाई नियमानुसार कारबाही गर्ने निर्णय सहित बृहत समन्वय समिति गठन भएको छ ।
पूर्व-पश्चिम महेन्द्र राजमार्गमा भारतीय र स्थानीय मालबाहक सवारीसाधनहरुको अनुगमन तथा नियन्त्रण गर्न टोली नै गठन गरिएको राप्ती अञ्चल ट्रक व्यवसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यस्ता कार्यक्रमले सडकको आयु बढ्ने तथा दुर्घटना न्युनिकरणमा समेत विशेष सघाउ पुग्ने कुरा पनि अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
त्यस्तै सो अवसरमा यातायात व्यवस्था कार्यालय दाङका प्रमुख कालिदास बस्यालले सरोकारवाला सबैको साथ सहयोग र सहकार्यमा यातायात व्यवसायीहरूको समस्यालाई विशेष प्राथमिकताका साथ सम्वोधन तथा कार्यान्वयन गरिने बताउनुभयो । भारतीय नम्बर प्लेटका ट्रकका कारण ओभरलोड बोक्ने प्रवृत्ति बढेको छ । सिमेन्ट उद्योग र अन्य ठूला उद्योगका लागि चाहिने औद्योगीक सामाग्री,कच्चा पदार्थ भारतबाट सिधैं नेपाल ल्याउने गरिएको छ ।
यातायात सम्बन्धी प्रचलित कानुन अनुसार छ चक्के ट्रकले १० टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टन भन्दा बढी भार बोक्न पाउँदैनन् । तर दाङमा भने क्षमता भन्दा दोब्बर भार बोक्ने गरेको भेटिएको छ । भार मिलानसम्बन्धी कार्यविधि २०७१ मा आयातित सामानको हकमा भारवहन क्षमता मिलान गरी ढुवानीका लागि सम्बन्धित भन्सारले इजाजत दिनुपर्ने व्यवस्था छ । तोकिए बमोजिम बढी भारबहन गर्नुपर्ने सामग्रीको हकमा सम्बन्धित यातायात कार्यालयको स्वीकृतिमा मात्र भन्सारले ढुवानी इजाजत दिनुपर्ने तथा भार छुटाउन नसकिने उल्लेख छ ।
त्यस्तै एका तर्फ ओभरलोडले बाटो अवस्था बिग्रदै गएको छ भने अर्को तर्फ रातो नम्बर प्लेटका निजि सवारी साधनले भाडाका सामाग्री बोकिदिदा नितान्त भाडाका सामाग्री बोक्ने भने सरकारले उपलब्ध गराएको कालो नम्बर प्लेटका सवारी साधन प्रत्यक्ष मारमा परेका छन । ओभरलोड र रातो नम्बर प्लेटका सवारी साधनले भाडाको प्रयोजनमा प्रयोग भएको छ कि छैन भनी रोकथामका लागि नियमित अनुगमन हुन जरुरी देखिन्छ ।
