
Rgp
sbs
Srbpu
Unsku
Pes
Ggp
pku
Sgr
Lnp
cjs
Rgp1
Djs
Pbu
Gfs

Rgu
Pvg
Sls
Sbs
Asm
Bbbpu
Rsb
Ggd
Ksm
Gst
Tsm
Ssm
nsb
Rgu
Rgs
Bbu
Hal
Wsp
Vor

Jmb
Jmb
Ptm
Bml
sab
Mks
bbt
Abd
Gsb
Rmb
Rpp
Pls
Syp
काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ ।
इन्सपेक्टर बेचन यादव सहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो । त्यहाँ रातिको समय डिउटी बसेका तीन जना प्रहरी जवानलाई निलम्बन समेत गरिएको प्रहरी स्रोतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ
