
pku
Sgr
Pbu
Srbpu
Rgp
Rgp1
Lnp
Ggp
Unsku

Ksm
Bbbpu
Ggd
Rsb
Ssm
Asm
Gst
Rgu
Rgu
Bbu
Wsp
nsb
Sls
Sbs
Pvg
Rgs
Hal
Tsm
Vor

Rmb
Pls
Syp
Rpp
Mks
Gsb
Bml
sab
Jmb
bbt
Jmb
Abd
Ptm
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ स्थित ‘कर्री-जनकपुर टोल बिकाश सँस्था’को अध्यक्षमा टेकबहादुर पुन निर्बाचित भएका छन् ।
सोमबार कप्तानगञ्जमा भएको सँस्थाको पहिलो
अधिबेसनले पुनको अध्यक्षतामा ९ सदस्यिय नयाँ समिति चयन गरेको हो । उनलाई दोस्रो कार्यकालका लागि स्थानीयले पुन: अध्यक्ष पदमा सर्बसहमतीबाट चुनेका हुन् । यो भन्दा अघिपनि यस टोल बिकास सँस्थाको अध्यक्षमा उनिनै थिए ।
समग्र टोलको बिकाशका निम्ति अध्यक्ष भएर गरेका कामहरु नियाल्न पाएका स्थानीयले फेरि अध्यक्षमै चुनिएको बताए । गाउँको बिकाशका निम्ति अग्रस्थानमा रहेर गरेको कामको स्थानीयले प्रशंसा गरे । तसर्थपनि उनलाई नै अध्यक्षमा चुनिएको सँस्थाका सल्लाहकार खड्क बहादुर वलीले बताए ।
वडा सदस्य सुनमाली बिकले युवा नै आजको आबस्यक्ता रहेकोले सँस्थाको नेतृत्वमा युवा नै चुनिएको बताईन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी बिकले गाउँको बिकाशका निम्ति यो समितिले प्रमुख भुमिका खेल्ने बिस्वास गर्दै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिँईन ।
त्यस्तै सँस्थाको सचिबमा अम्मर बहादुर चौधरी, कोषाध्यक्षमा देउ कुमारी चौधरी,सदस्यहरुमा धनलाल घर्ती मगर,उर्मिला चौधरी,सपना बिक,तिलु कामी,खुमा बोहरा र खुसल राम चौधरी रहेका छन् । त्यस्तै किशोर कुमार घर्ती मगरको सँयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समिति गठन गरिएको छ । जसको सल्लाहकार सदस्यहरुमा मिना न्यौपाने र खड्क बहादुर वली रहेका छन् ।
लमही नगरपालिका वडा नम्बर ७ अन्तरगत पर्ने टोलबिकास सँस्था मध्य यस सँस्थाको कार्यक्षेत्र ठूलो छ । यस सँस्था अन्तरगत करिब ३ सय घरधुरी बसोबास गर्छन । कप्तानगञ्ज,कर्रिटोल,जजरगैयाँ टोल,ड्राईभर टोल र जनकपुर गाउँ यस सँस्थाका कार्यक्षेत्र हुन् ।
त्यस्तै अध्यक्षमा चुनिएका टेकबहादुर पुन पेशाले पत्रकार हुन् भने अहिले उनी यस सिधा-पत्र डटकम डिजिटल अनलाइन पत्रीकाको जिल्ला ब्यूरो पोस्टमा रहेर काम गरिरहेका छन् ।
