
Gsbus
Pbu
Ksbus
gms
Csbus
Ssbus
Rsbus
Bksbus5
Gsl
Bsbus
Lsbus
Ksbus
Jsbus
Ssbus
Nssbus7
dsbus
Ksbus
bpmhl
Ssbus

Vor
Rgu
Bbbpu
Sbs
Rgu
Hal
Ssm
nsb
Rgs
Bbu
Gst
Pvg
Ggd
Asm
Wsp
Tsm
Ksm
Rsb
Sls

Bml
Rpp
sab
Jmb
Mks
bbt
Jmb
Pls
Gsb
Syp
Ptm
Rmb
Abd
दाङ । देउखुरीमा विभिन्न पार्टी परित्याग गरि २ सय ५० भन्दा बढीले नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।
शनिबार देउखुरीमा आयोजित २ छुट्टाछुट्टै पार्टी प्रबेश कार्यक्रममा २ सय ५७ जना नेपाली काँग्रेसमा प्रबेश भएका हुन् । राप्ती गाउँपालिका वडा नम्बर २ का २ सय बढी र गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमेका ५७ जनाले काँग्रेसमा प्रबेश गरेका छन् ।
राप्तीको २ नम्बर वडा र गढवाको चिमचिमे तत्कालिन माअोबादी केन्द्रको ‘गड’ भनेर पनि चिन्ने गरिन्छ । राप्ती गाँउपालिका नेपाली कांग्रेस वडा न २ का सभापति श्री युवराज भुसाल को अधक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माहसमिती सदस्य तथा पूर्व सांसद सुशीला चौधरीले नव प्रबेशी हरुलाई फुलमाला र अबिरले भब्य स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा महासमिति सदस्य तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, महासमिती सदस्य तथा केन्द्रीय मुस्लिम विभाग सदस्य लाल मोहमद मिया,पूर्व महासमिति सदस्य तथा गिपी फाउन्डेसनका जिल्ला उपसंयोजक दोर्ण भुसाल, दाङ्ग जिल्ला सदस्य भीम लाल चौधरी,दाङ्ग क्षेत्र नं १ (क) का सभापति तथा राप्ती गा पा वाड नं १ का वडाध्यक्ष तारा डिसी, राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे,राप्ती गाउँपालिकाकै सह-सभापति वेद प्रसाद चौधरी, नेपाल महिला संघ साविक सिसहनिया की सभापति तथा राप्ती गा पा उपाध्यक्ष्य जगदम्बा चौधरी, नेपाली कांग्रेसका राप्ती गाउँपालिका सचिव हस्त बहादुर गुरुङ, क्षेत्रिय सदस्य अमृत अधिकारी,राप्ती गाउँपालिका नेपाली कांग्रेस का अनुशासन समिति संयोजक किशोर पुन लगायतका नेताहरुको उपस्थिति रहेको विपी कोइराला युवा नेतृत्व विकास मञ्च का संयोजक आशिष पौडेलले जानकारी दिए ।
विपी कोइराला युवा नेतृत्व विकास मञ्चका गाउँपालिका प्रवक्ता बलराम शाही (भिसुन् शाही),विपी कोइराला युवा नेतृत्व विकास मञ्चका क्षेत्रिय सदस्य टिका पुन र शिशिर पुन, राप्ती गाउँ कार्यपालिका सदस्य टेक बहादुर कुमाल, स्वर्गद्वारी यातायात व्यवसायी समिति का अध्यक्ष सुनिल बस्नेत,मुस्लिम संघका जिल्ला सभापति जुम्मन मिया,तमु हिउल छोजधी जिल्ला अध्यक्ष खुम बहादुर गुरुङ ,पूर्व दलित संघका जिल्ला सदस्य लिलाधर दमाई लगायतको उपस्थित थियो ।
त्यस्तै दाङ क्षत्र नम्बर १ का क्षत्रिय सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गढवा-२ चिमचिमेका सम्पुर्ण गाउँबासी नै काँग्रेसमा प्रबेश भएका हुन् ।कार्यक्रममा प्रदेश सभा सदस्यका प्रत्यासी जानकिलाल बस्नेत, महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी,नेताद्वय मधु न्यौपाने र अनुप कुमार थापा,नेपाल विद्यार्थी सँघका केन्द्रीय उपाध्यक्ष पवन यादब,तरुणदलका क्षत्रिय सभापती किरण पौडेल,नेवि सँघ लमही नगर कमिटिका सभापति कौशल अधिकारी,नेवि सँघकै प्रेम कालाथोकि, वडा कमिटिका पदाधिकारी लगायतका नेताहरुको उपस्थिति थियो ।
