
Gfs
Ggp
Srbpu
Pes
Unsku
Rgp1
pku
Lnp
cjs
Sgr
Djs
sbs
Pbu
Rgp

Wsp
Ssm
Hal
Rgu
Gst
Rgu
Tsm
Ggd
Ksm
Bbbpu
nsb
Asm
Pvg
Sls
Rgs
Rsb
Vor
Bbu
Sbs

Ptm
Abd
Mks
sab
Bml
Gsb
Jmb
Jmb
Rpp
bbt
Syp
Pls
Rmb
आश्विन ३ गते,शनिबार-काठमाडौं । बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जना महिला र ४ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको कुल संख्या ४०१ पुगेको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा मोरङमा ६५ वर्षीया, रौतहटमा ५१ वर्षीया, सर्लाहीमा ५६ वर्षीया, ललितपुरमा ७६ र ६८ वर्षीया, काठमाडौंमा ७७ वर्षीया तथा मकवानपुरमा ३६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै, ललितपुरमा ६० वर्षीय, काठमाडौंमा ७५ वर्षीय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ।
बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए ।
