
Rgp
pku
Sgr
Pes
cjs
Pbu
Gfs
Lnp
Srbpu
Unsku
Djs
Ggp
Rgp1
sbs

Sbs
nsb
Tsm
Bbbpu
Rgu
Rgs
Asm
Ksm
Ssm
Rsb
Rgu
Gst
Sls
Pvg
Bbu
Wsp
Vor
Hal
Ggd

sab
Syp
Jmb
Rpp
Bml
Gsb
Jmb
Ptm
bbt
Rmb
Pls
Abd
Mks
रुपन्देही । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मुलुकभर आज श्रीपञ्चमी धुमधामका साथ मनाइएको छ।
सूर्य उत्तरतिर लागी दिन लामो र रात छोटो हुने तथा बसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई बसन्तपञ्चमी पनि भनिन्छ। विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै विभिन्न विद्यालयहरुमा सरस्वती पूजा मनाईएको छ । हिन्दु धर्मावलम्बीहरुले सरस्वती मन्दिर तथा पुस्तकको आराधना गरी श्रद्धा पुर्वक पुजा गरेका छन्।
देशभरका विभिन्न विद्यालयहरुमा आजको दिन अक्षर शुभारम्भ गरि भर्ना अभियान सञ्चालन गरिएको छ । यसै क्रममा देवदह बुद्ध पब्लिक आवसिय मा.विले विशेष कार्यक्रको आयोजना गरि भर्ना अभियान शुभारम्भ गरेको छ।
विशेषगरी सरस्वती पूजाको दिन बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ। यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ।आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ।
विद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रार्थना गर्न बिहानै देखि विद्यालय प्राङ्गणमा भीड रहेको थियो । १ हजार ४ सय २७ जना विद्यार्थि रहेको देवदह बुद्ध पब्लिक आवसिय मा.विमा आज १०० भन्दा बढि विद्यार्थी भर्ना भएका छन् भने बुद्ध पब्लिक मन्टेस्वरी तर्फ ३० वटा शीत रहेकोमा ३० जना नै भर्ना भैसकेको देवदह बुद्ध पब्लिक आवसिय मा.वि को प्रधानाध्यापक कृष्ण गैरेले जानकारी दिनुभयो।
त्यस्तै हरेक विद्यालयहरुले आ-आफनै तरिकाले आज बसन्त पञ्चमी मनाएका छन्। विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कलासाधनाका उपादानहरु कापी–कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन्।
