
Rgp
pku
sbs
Gfs
cjs
Unsku
Lnp
Djs
Pbu
Sgr
Rgp1
Pes
Srbpu
Ggp

Rgs
Bbbpu
Gst
nsb
Ksm
Rsb
Tsm
Ggd
Sls
Wsp
Pvg
Sbs
Bbu
Ssm
Hal
Vor
Rgu
Rgu
Asm

Bml
Pls
Jmb
Rmb
bbt
Ptm
sab
Jmb
Rpp
Abd
Gsb
Mks
Syp
दाङ । देउखुरी राप्ती गाउँपालिका वार्ड नं १ पुल्चोक स्थित स्वर्गद्वारी प्रावि तथा गृहिणी महिला आधारभूत विद्यालय र लिटल एन्जल इंग्लिश बोर्डिङ स्कुलले छुट्टै कार्यक्रमको आयोजना गरी विद्याकी देवी सरस्वतीको पूजा आरधना गरी मनाएको छ ।
स्वर्गद्वारी प्राविमा भएकाे सरस्वती पूजा कार्यक्रममा विद्यालयका छात्रछात्रा, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयका शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज विष्ट, निवर्तमान अध्यक्ष महेश रिजाल, प्रधानाध्यापक सविता चौधरी समेतको उपस्थिति रहेको थियो।
त्यसैगरी लुम्बिनी प्रदेशको राजधानी भालुबाङ पुल्चोक स्थित लिटल एन्जल इंग्लिश बोर्डिङ स्कुलले अक्षराम्भ तथा मुटु परिक्षण कार्यक्रम गरी मह सरस्वतीको पूजा आरधना गरेको छ। उक्त अवसरमा वरिष्ट मुटु रोग विषेशज्ञ तथा हर्ट डिजिज एण्ड डाईबेर्टिज समाज ललितपुरका डाक्टर सुमन्त बन्जाडे र डाक्टर भरत पोख्रेलले विद्यालयमा अध्ययनरत छात्र-छात्राहरुको मुटु रोग परिक्षण गर्नु भएको थियो।
विद्यार्थीहरुको परिक्षण पछि आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष जगत प्रसाद पोखरेलको सभापति र शिक्षक आनन्द लामिछाने स्वागत मन्तव्यबाट शुरु भएको समारोहमा प्रमुखअतिथि डक्टर सुमन्त् बन्जाडे, विशिष्ट अतिथि डक्टर भरत पोख्रेल, सञ्चारकर्मी महेश रिजाल, नेपाल मुटु रोग फाउन्डेसन दाङ शाखा प्रमुख रविलाल आचार्य लगायतले मानव स्वास्थ्यमा मुटु अत्यन्तै संवेदनशील हुने भएकोले यसबाट बच्न र मुटु रोग लाग्न नदिनको लागि यस प्रकारका सचेतना कार्यक्रमहरुको महत्त्व रहने भएकाे औँल्याएको थियो।
विद्यालयका शिक्षक गोविन्द शर्माको उद्घोषणबाट शुरु भएको सरस्वती पूजा समारोहमा विद्यालयका छात्रछात्राहरुले गीत नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै आज देउखुरी क्षेत्र लगायत देशका विभिन्न स्थानमा रहेका निजी तथा सामुदायिक विद्यालयहरुले विविध कार्यक्रमको आयोजना गरि भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको छ ।

